दिपकराज जोशीविरुद्ध महाअभियोग लगाउने कुरा मलाई जानकारी छैनः उपेन्द्र यादव

0
Shares

सरोज यादव, विराटनगर ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सर्वोच्च अदालतका न्यायाधिशमाथि हचुवाको भरमा महाअभियोग प्रस्ताव ल्याउन नहुने बताएका छन ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसंग कुराकानी गर्दे मन्त्री यादवले यस्तो बताएका हुन । संसदीय सुनवाई बिशेष समितिबाट प्रधानन्यायाधिशमा हालै अस्वीकृत सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दिपकराज जोशीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले हस्ताक्षर संकलन गरेको भन्ने पत्रकारहरुको जिज्ञासामा उनले महाअभियोगको विपक्षमा धारणा राखेका हुन ।

यादवले जोशी बिरुद्ध ल्याउने भनिएको महाअभियोग प्रस्तावको बिषयमा आफुलाई आधिकारीक जानकारी नरहेका बताए । महाअभियोग लगाउनु केटाकेटीको खेल होइन , उनले भने महाअभियोग लगाउनु अघि ठोस आधार प्रस्ट्याउनुपर्छ । चाडपर्वको मुखमा सार्वजनिक बसभाडामा गरिएको मुल्यबृद्धि र अन्यक्षेत्रमा भएको मंहगीको बचाउ गर्दै उप्रधानमन्त्री यादवले लामो समयसम्म मूल्यलाई एकनास राखि रहन नसकिने दाबीगर्दै जनताको आयश्रोत बृद्धि गर्नु आवश्यक रहेको तर्क समेत गरे ।