असारे प्रवृति हटाउदै दोगडाकेदार गाउँपालिका

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
असारमा गरिएका कामले कमजोर संरचना बन्ने भएकोले बैतडीको दोगडाकेदार गाउँपालिकाले असारे प्रवृतिले हटाउने लक्ष्यका साथ काम थाल्ने भएको छ । असारमा हतार हतारमा गरिएका विकास निर्माणका कामले विपत्ती निम्त्याउने तथा कमजोर बन्ने भएकाले त्यो प्रवृति हटाउने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । चालु आर्थिक बर्षमा सञ्चालन हुने विकास निर्माणका कामहरु बर्षात कम भएसंगै थालिने भएका छन् । उनले भने“असारे प्रवृति हटाउन हामीले आजैदेखि योजनाको ईष्टमेट तयार पार्न थालेका छौं”

फागुन चैतसम्ममा विकास निर्माणका काम सम्पन्न गर्नेगरी विकास निर्माणका कार्य गर्ने योजना गाउँपालिकाले बनाएको छ उनले भने“ गाउँपालिकामा छनौट भएका योजनाहरु उपभोक्ता मार्फत तथा ठेक्कावाट समेत दिने गरी काम गछौं”

यस बर्ष गत बर्षदेखि नै क्रमागत रुपमा रहेका १९ सडकहरुलाई निरन्तरता दिनुका साथै पिसिसि बाटाहरु निर्माण हुने भएका छन् । यसका साथै बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको सहयोग र ३३ प्रतिशत गाउँपालिकाका अनुदानमा २०० गोबरग्यास(वायुग्यास) निर्माण, पम्पिङ प्रणलीवाट ८ खानेपानी र ८ सिचाँई योजना निर्माण हुने भएका छन् । ४० वटा सौर्यसडकबत्ती जडान , महाकाली राजमार्गका दुई ठाउँमा प्रवेशद्वार निर्माण पनि यसै बर्ष गरिने भएको छ । बृद्ध मनोरञ्जन केन्द्र,गेष्ट हाउस, श्रीकोट बहुमुखी क्याम्पसको छात्रावास, वडा नं २ को कार्यालय निर्माण लगायतका विकासका कामहरु हुने भएका हुन् ।
दोगडाकेदार गाउँपालिकाको चालु आर्थिक बर्षको कुल बजेट ४० करोड रहेको छ ।