सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
सुदूरपश्चिमका लागी सुदूरपश्चिमेली भन्ने मूल उद्देश्यका साथ स्थापनाभएको सुदूरपश्चिमेली नेपाली समाज भारत ब्याङ्ग्लोरले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ । समाजले बैतडीको सिगास गाउँपालिका २ चमडेखर्क घर भई भई ब्याङ्गलोरमा मजदुरी गरिरहेका खगेन्द्र नेपालीलाई सहयोग गरेको हो ।

पिडित नेपाली खुट्टाको क्यान्सरवाट ग्रसित रहेका तथा आर्थिक अभाव हुँदा उपचारका लागी सहयोग पुगोस भन्ने उद्देश्यले ८ हजार रुपैंया सहयोग गरिएको सुदूरपश्चिमेली नेपाली समाज भारत ब्याङ्ग्लोरका अध्यक्ष लिलाधर कपाडीले जानकारी दिए । यस्तै बझाङको खप्तडछन्ना पुजरीगाउँका नरेन्द्र खड्कालाई ८ हजार रुपैंया सहयोग गरिएको छ । खड्काको रोजगारीकै शिलसिलामा करेन्ट लागेर २ वटै हात गुमेका छन् ।

समाजले कला सस्कृती परम्परा जगेर्ना को लागी पनि विभिन्न कार्यक्रम गर्दै आएको छ । केही दिनअघिसम्म मात्रै भारतका विभिन्न स्थानमा गौरा तथा तीजको अवसरमा विभिन्न कार्यक्रम समेत गरेको थियो ।

कुनै राजनैतिक सम्बन्ध नभएको निस्वार्थ सेवाको भावना बोकेको गैर नाफामुखी भएको यस सुदूरपश्चिमेली नेपाली समाजले भारतको १६ ओटा राज्य र विश्व को १६ वटा देशमा आफ्नो सामाजिक संस्था बिस्तार गरी सुदूरपश्चिमेली नेपाली नागरिक एकताबद्ध भएका छन् ।