प्रदेश ५ को पहिलो प्रदेश समन्वय परिषद्को बैठक रुपन्देहीमा शुरु

0
Shares

प्रदेश र स्थानिय तहको कर,योजना र कानुनका बारेमा छलफल हुने

यमलाल भुसाल, बुटवल ।
प्रदेश ५ को पहिलो प्रदेश समन्वय परिषदको बैठक प्रदेशको राजधानी रहेको रुपन्देही जिल्लामा सुरु भएको छ ।
दुई दिन सम्म संचालन हुन बैठकमा प्रदेश र स्थानिय तहको कर,योजना र कानुनका वारेमा व्यापक छलफल हुने भएको छ ।

नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तह तथा प्रदेशबीचका साझा अधिकार क्षेत्रको प्रयोग तथा प्राकृतिक स्रोत साधनको बाँडफाँड, विकास योजना हस्तान्तरण लगायतका विषयमा पनि छलफल गर्न पहिलो पटक प्रदेश समन्वय परिषदको बैठक बसेको हो । रुपन्देहीको मणिग्राममा आयोजित बैठकको प्रदेश ५ का मुख्यमन्त्री तथा प्रदेश समन्वय परिषद संयोजक शंकर पोखरेलले उद्घघाटन गर्नुभयो ।

बैठकमा प्रदेश ५ का १ सय ९ वटा स्थानीय तहका प्रमुख उपप्रमुख, १२ जिल्ला समन्वय समितिका संयोजक र प्रदेश सरकारका सांसद मन्त्री तथा सचिवहरुको सहभागिता रहेको छ । बैठकमा प्रदेश सरकारले स्थापनादेखि अहिलेसम्म गरेका मुख्य मुख्य कामको जानकारी गराउँदै स्थानीय तहसँग गर्न सकिने सहकार्य र समन्वयका काम सार्वजनिक गर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव दिपेन्द्र काफ्लेले जनाकारी दिनुभयो ।

प्रदेश तथा स्थानीय तहले गर्ने काम कारबाहीमा नीतिगत सामन्यजस्यता, योजना व्यवस्थापनमा रणनीतिक साझेदारी, साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक स्रोत साधनको उपयोग र बाँडफाँट सम्बन्धी विषयमा प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्न प्रदेश समन्वय परिषद रहने संविधानमा व्यवस्था गरिएको छ ।

मंगलवार कानुन आयोगका अध्यक्ष माधव पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष पिताम्बर शर्मा र राष्ट्रिय प्राकृतिक स्रोत्त तथा वृत्त आयोगका डा बैकुन्ठ अर्यालले अलग अलग कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्र माथि दिन भरी छलफल गरिने र साझाँ धारणा प्रस्तुत गरिने सचिव काफ्लेले बताउनु भयो ।