विश्वविद्यालयको भद्रगोल चिर्छुः शिक्षामन्त्री पोखरेल

0
Shares

सरोज यादव, विराटनगर ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकमा रहेका विश्वविद्यालयभित्र रहेका भद्रगोल चिर्न आफू सक्रिय रहेको बताएका छन । पूर्वाअञ्चल विश्वविधालयको दुई दिने वर्कशपको विराटनगरमा मंगलबार उद्घाटन गर्दे मन्त्री पोखरेलले विद्यमान अबस्थामा विश्वविधालयको अबस्था भद्रगोल भएकाले आफु त्यसको अन्त्यका लागि क्रियाशिल रहेको जानकारी दिएका हुन ।

सबै विश्वविद्यालयको सुधार र पुनर्गठन प्रक्रियामा आफुरहेको भन्दै उनले विश्वविद्यालय सुधारका लागि पदाधिकारी, प्राध्यापकहरूको महत्वपूर्ण सहयोगको अपेक्षा समेत आफूले राखेको जानकारी दिए । कार्यक्रममा पूर्वाअञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दासले सबैको सामूहिक प्रयासबाट यस विश्वविद्यालयलाई गौरव गर्न लायक विश्वविद्यालय बनाउन आग्रह गरे ।

दुई दिने कार्यशालाले व्यवस्थापन संकाय,विज्ञान तथा प्रविधि संकाय, कला,शिक्षाशास्त्र,चिकित्साशास्त्र संकाय अन्तर्गतका क्याम्पस÷कलेजहरुका लागि शिक्षण संस्थाहरुको प्रभावकारी गुणस्तर सुधारका लागि आवश्यक रणनीति तयार गर्नेछ ।