एम्नेस्टी नेपालको उपमहासचिवमा दाङका विपीन वुढाथोकि

0
Shares

काठमाडौं ।
एम्नेस्टी इन्टरनेसनल नेपालको उपमहासचिवमा दाङका विपीन वुढाथोकि मनोनित भएका छन् । यस अघि केन्द्रिय सदस्यमा निर्वाचित बुढाथोकीलाई बोर्डले उपमहासचिबमा मनोनित गरेको हो । उपमहासचिव बुढाथोकीले युवाहरुको नेतृत्व विकासका लागि दिर्घकालीन योजना बनाएर कार्यक्रम गर्ने बताउनुभएको छ ।

वीपीन यस अघि पनि एम्नेष्टीको केन्द्रिय सदस्यमा निर्वाचित हुनुभभएको थियो । यसैविच, (एम्नेस्टी नेपाल) को वार्षिक साधारण सभा नयाँ नेसनल बोर्डको चयन गर्दै रत्ननगर, चितवनमा सम्पन्न भएको छ । साधारण सभाले एम्नेस्टी नेपालको अध्यक्षमा बिक्रम ढुकुछुलाई निर्वाचित गरेको छ । एम्नेस्टी नेपालको कोषाध्यक्षमा सुरेशकुमार उपध्याय निर्वाचित हुनुभएको छ ।

यसैगरी, पार्बता आचार्य, गोविन्द वाग्ले, कर्णबहादुर कुँवर, सचिता कुइँकेल थापा, निखिल पोखरेल, महेशकुमार पौडेल, संगीता चापागाईं र समिक्षा कोइराला एम्नेस्टी नेपालको नयाँ बोर्डमा निर्वाचित हुनुभएको छ ।

साधारण सभावाट सुदिप कुमार शर्मा भट्ट एम्नेस्टी नेपालको पुनरावेदन समितिको संयोजक पदमा निर्विरोध निर्वाचित हुनुभएको छ भने नाइडु कुमारी नेपाली र जीवन प्रसाद फुयाल पुनरावेदन समितिको सदस्य पदमा निवार्चित हुनुभएको छ । साधारण सभाले संस्थाको २०१९ को बजेट तथा कार्ययोजनाको अनुमोदन गरेको छ ।।