कुकुरले मार्याे गर्भिणी चित्तल

0
Shares

हेटौंडा ।
पछिल्लो समय निकुञ्ज तथा मध्यवर्ती समितिको सक्रियतामा चोरी शिकारी नियन्त्रण युवा अभियान गठन भएर मानिसबाट हुने चोरी शिकारी रोकिए पनि कुकुरबाट बन्यजन्तुमाथि आक्रमण हुने क्रम बढेको छ ।
गत साता कुकुरले लखेटेरे एउटा भाले चित्तल शिकार गरेको थियो । कुकुरको आक्रमणबाट मकवानपुरको मनहरी गाउँपालिकामा फेरि अर्काे चित्तल मरेको छ ।
मंगलबार विहान ७ः३० बजेतिर कुकुरले लेखेटेर मनहरी गाउँपालिका ९, ज्यामिरेमा गर्भिणी चित्तललाई मारेको पाइएको ज्यामिरे मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूहका सचिव दीपक पुलामीले बताए ।
उनका अनुसार ज्यामिरेस्थित ऋषेश्वर प्राथमिक विद्यालय नजिकै मृत चित्तल भेटिएको थियो । पर्सा राष्ट्रिय निकुञ्जबाट राप्तीखोला तरेर चित्तल, बँदेल, मृग, हरिण, अजिंगर, गोही जस्ता जन्तु राजमार्ग छेउमा आउने गरेका छन् ।