टीभीएस मोटर कम्पनी र जगदम्बा मोटर्सद्वारा दरबारमार्ग स्ट्रिट फेस्टिभलको आयोजना

0
Shares

काठमाडौं, (नेस)
टीभीएस मोटरले आफ्नो नेपालको लागि वितरक कम्पनी जगदम्बा मोटर्ससँगको सहकार्यमा दरबारमार्गमा सडक म्युजिक फेस्टिभल आयोजना गरेको छ। उक्त फेस्टिवल टीभीएस मोटर र जगदम्बा मोटर्सको तीन वर्षको यात्रा पूरा भएको उपलक्ष्यमा आयोजना गरिएको हो।

उक्त सडक म्युजिक फेस्टिभलमा भारतीय चर्चित ¥यापर तथा गायक बादशाह तथा नेपाली कलाकार इन्दिरा जोशी, एड रे तथा एज ब्यान्डले आफ्नो प्रस्तुति दिएका थिए। साथै बुगि उगिका तीन फाइनलिस्टले पनि आफ्नो प्रस्तुति दिएका थिए।

टीभीएस मोटर कम्पनी र जगदम्बा मोटर्सको तीन वर्षे बलियो सहर्कायमा विभिन्न उत्पादन नेपाली बजारमा भित्रएको छ, जसमा हालै मात्र सार्वजनिक गरिएको टीभीएस अपाचे आर आर ३१०, टीभीएस एनटर्क १२५ र टीभीएस अपाचे १६० ४ भि रहेको छ। त्यस्तै टीभीएस अपाचे आरआर ३१०, टीभीएस अपाचे आरटिआर १६० २भी, आरटिआर ४भी, आरटिआर १८० र २०० ४भी, टीभीएस स्ट्राइकर, टीभीएस स्टार सिटी पल्स, टीभीएस भिक्टर, टीभीएस एनर्टक १२५, टीभीएस वीगो, टीभीएस जुपिटर वेस,जेडएक्स क्लासीक, टीभीएस ड्याज, टीभीएस जेस्ट ११०, टीभीएस एक्सएल १००, टीभीएस एक्सएल १०० हेभि ड्यूटी रहेको छ। साथै कम्पनीले २०० सीसी थ्री ह्वीलर टीभीएस किङ बिक्री गरिरहेको छ।