बैंकको क्रेडिट कार्ड देखाएर शून्य ब्याज र किस्ताबन्दीमा स्मार्टफोन पाइने

0
Shares

काठमाडौं, (नेस)
इजी मोबाइल केयर प्रालिले दशैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकका लागि फेस्टिवल अफर ल्याएको छ। न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्रान्डका स्मार्टफोन किस्ताबन्दीमा किन्दा विभिन्न उपहार पनि प्राप्त गर्नसक्ने अफर सार्वजनिक गरेको छ। बैंकको क्रेडिट कार्ड देखाउनुस्, शून्य प्रतिशत र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस्, नामक अफरअन्तर्गत हाल ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नबिल बैंक, सेञ्चुरी बैंक, माछापुच्छ«े बैंक, प्रभु बैंक, कुमारी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले यसको फाइदा उठाउन सक्नेछन्।

यो अफरअन्तर्गत सुविधा लिनको लागि आफ्नो क्रेडिट कार्डमार्फत मासिक किस्ताबन्दी र शून्य ब्याजमा कुनै पनि ब्रान्डको स्मार्टफोन किन्न सकिनेछ। कम्पनीले बैंकका क्रेडिट कार्ड होल्डर लाई सहज र सुविधाजनक रूपमा मासिक किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउने गरी यो योजना ल्याएको इजी मोबाइल केयर प्रालिका अध्यक्ष सञ्जित पौडेलले बताउनुभयो। ‘हामी १ रुपियाँमा स्मार्टफोन र मासिक किस्ताबन्दीमा स्मार्टफोन दिने नेपालकै पहिलो र एक मात्र कम्पनी हौं, बैंकका क्रेडिट कार्ड होल्डरले सजिलोसँग नै मन परेको स्मार्टफोन किन्न सक्ने सुविधा दिएका छौं,’ उहाँले भन्नुभयो।

कम्पनीले क्रेडिट कार्डसहित नगदमा स्मार्टफोन किन्ने ग्राहकका लागि पनि सुविधा र अफर दिएको छ। ग्राहकले विभिन्न स्मार्टफोनमा न्यूनतम ५ प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट पाउने छन्। कम्पनीले पुराना फोन साटेर नयाँ फोन किन्न सकिने एक्सचेन्ज सुविधा पनि दिइरहेको छ। यस अफरअन्तर्गत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनोट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ। कम्पनीबाट किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त गर्नेछ भने यो अफरअन्तरगत ग्राहकहरूको मोबाइल फोन बिग्रेमा घरमा नै लिन आउने र मर्मतपछि पु¥याइदिने कम्पनीले जनाएको छ।