मारुती सिमेन्टलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त

0
Shares

काठमाडौं, (नेस)
मारुती सिमेन्टले उदयपुरमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीन फिल्ड प्लान्टद्वारा ओपीसी सिमेन्ट मारुती सिमेन्टको उत्पादन गर्दै ओको छ। मारुती सिमेन्टले नेपाल गुणस्तर तथा नापतौल विभागबाट अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त गर्ने क्रममा क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा बिक्रीको लागि एनएस/आईएसओ ९००१ः२०१५ र क्लिंकर– क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेसन एवं ओपीसी सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एनएस÷आईएसओ १४००१ः२०१५ प्राप्त गर्ने नेपालकै पहिलो कम्पनी बन्न सफल भएको दाबी गरेको छ

कम्पनीका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले भन्नुभयो–‘यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता, शुभचिन्तक वर्ग तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सहकर्मीलाई दिन चाहन्छौं।’