कट्रिनाले सलमानको घरमा उल्टो आरती गरेपछि

0
Shares

१० दिनसम्म चल्ने गणपति उत्सव बलिउडमा निकै ठूलो उत्सवका रूपमा मनाइन्छ। गणेश चौथीको अवसरमा केही बलिउड स्टारले आफ्नो घरमा गणपति पूजा गरे। अभिनेता सलमान खानले पनि सदाझैं घरमा गणपति पूजाको आयोजना गरे।
यही मौकामा बलिउडका केही हस्ती सलमानको घरमा पूजाका लागि गए। सलमानको परिवारका साथ नायिका कट्रिना कैफले आरती गरिन् तर उनको आरती गर्ने तरिका उनको फ्यानलाई भने मन परेन। कट्रिनाले उल्टो आरती गरेका कारण उनका फ्यानले उनलाई ट्रोलको शिकार बनाएका छन्। उक्त समय सलमानको घरका सम्पूर्ण सदस्य थिए। तर, कसैले कट्रिनालाई रोकेनन्। कट्रिनाले आरतीको समय बत्तीलाई दाहिने घुमाउनुपर्नेमा देब्रे घुमाइरहेकी थिइन्। आरतीको भिडियो बाहिरिएपछि कट्रिना ट्रोलको शिकार भएकी छिन्। एक युजरले त उनलाई ‘अहिलेसम्म यति पनि सिकेकी छैनौ’ भनेर कमेन्टसमेत गरेका छन्।