चाडपर्व नजिकिँदै गर्दा डोटीमा बजार अनुगमनमा तिब्रता

0
Shares

विमल बिष्ट, डोटी ।
दशै तथा तिहारको समय नजिकीदै जाँदा डोटीमा बजार अनुगमनलाई तिब्रता दिईन थालिएको छ । अरु समय खासै बजार अनुगमनमा न निस्किने यहाँका समितिका पदाधिकारीहरु तथा कर्मचारीहरु चाँड पर्व नजिकिदै गर्दा तिब्ररुपमा बजार अनुगमनमा निस्किन थालेको सर्वसाधारण उपभोक्ताहरूको आरोप छ । संयुक्त बजार अनुगमनको जिम्मा पाएको संयन्त्र निष्क्रिय बनेपछि उपभोक्ता मारमा परेका थिए ।

दशैं तिहार जस्ता ठूला चाडपर्वका बेला प्रचारमुखी अनुगमनमा निस्कने संयुक्त बजार अनुगमन संयन्त्र अहिले के गर्दै छ भन्ने विषयमा सम्बन्धित निकाय पनि जानकार छैनन् । बिगतको समयमा नियमित बजार अनुगमन नहुँदा उपभोक्ता मारमा परेको डोटी दिपायलका स्थानिय उपभोक्ता पुष्कर द्धारीयाको आरोप छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी यादबप्रशाद सुबेदीले कर्मचारीको अभाबमा बजार अनुगमनलाई खासै तिब्रता दिन नसकिएको बताउनु भयो । ‘हामी संग कर्मचारी पनि कमै छन्,बजार अनुगमन गर्ने समय पाएका थिएनौ उहाँले भन्नु भयो ‘चाँड पर्वको बेला बढी उपभोक्ता ठगिने भएकाले हामीले बजार अनुगमनलाई तिब्रता दिन थालेका छौ,उपभोक्ता न ठगिउन भन्ने हाम्रो उदेश्य हो ।’

 

डोटीमा स्थानिय उपभेक्ता मञ्च तथा जिल्ला प्रशासान,प्रहरीको संयुक्त टोलीले दैनिक जसो बजार अनुगमन गर्न थालेको उपभोक्ता मञ्चका अध्यक्ष पदमसिंह बमले बताउनु भयो । उहाँले भन्नु भयो ‘हामी नियमित बजार अनुगमन गरिरहेका छौ,कोही पनि पभोक्ता ठगिने छैनन्,यो मेरो दाबी हो ।’ लामो समय देखी डोटीमा बजार अनुगमन संयन्त्र निष्क्रिय भएपछि बजारमा कालोबजारी मौलाएको उपभोक्ताहरूको गुनासो छ ।