एक शिक्षिकाको भरमा विद्यालयः आर्थिक अभावमा बन्द हुने अवस्थामा

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको डिलाशैनीमा गाउँपालिका वडा नं ३ मा रहेको शेला प्राथमिक बिद्यालय सेली एक शिक्षिकाको भरमा सञ्चालन हुदै आएको छ ।
वि स २०६४ सालमा घुम्ती विद्यालयका रुपमा सञ्चालन आएको उक्त विद्यालयको आर्थिक अवस्था पनि निकै जानुक रहेको छ । विद्यालयको आर्थिक अवस्था कमजोर हुँदा शिक्षकको व्यवस्था गर्न सकिएको छैन् । हाल उक्त विद्यालय एक शिक्षिकाको भरमा सञ्चालनमा रहेको छ । यो पनि शिक्षक नभएकै कारण बन्द हुने अवस्थामा पुगेको छ ।

वि स २०६४ सालमा घुम्ती बिद्यालयका रुपमा संचालन भएको शेला प्राथमिक बिद्यालय सेली ले वि स २०६७ सालमा १ कक्षा देखि ३ कक्षासम्मको अनुमती पाएको थियो । डिलाशैनी गाउँपालिका ३ नंः वडा सेलीमा रहेको प्राथमिक बिद्यालयमा अहिले ३५ जना बिद्यार्थी अध्ययनरत छन । १ कक्षा देखी ३ कक्षासम्म पढाउने शिशु कक्षाकी एक मात्रै शिक्षिका छिन । उनी हुन् बिस्मती पन्त ।

स्थानीयले चन्दा उठाएर निजि स्रोतबाट शिक्षक राख्दा पनि तलब कम भएकाले कोही पनि शिक्षक पढाउन मान्दैनन । विद्यालयसंग आर्थिक स्रोत नभएकाले बढी तलब दिइ शिक्षक राख्न नसकिएको बिद्यालय ब्यवस्थापन समितिले जनाएको छ । बिद्यालयमा पढाउने शिक्षक नभएकाले बालबालिकाहरु खेल्नकै लागी मात्र बिद्यालय जाने गरेका छन ।

एक बर्ष अगाडी जिल्ला शिक्षा कार्यालयले दिएको अनुदानको रकमले ७÷८ महिनाका लागी एक जना शिक्षक भर्ना गरेको र तलब कम भएपछी शिक्षकले छोडेर गएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मान बहादुर बोहराले बताए । उनले भने“ गत बर्ष शिक्षा कार्यालय बैतडीको अनुदान रकम र अभिभावकहरुबाट चन्दा उठाएर जसोतसो तलब खुवायौ , यसपालि कतैबाट बजेट नभएपछी शिक्षक भर्ना गर्ने हिम्मत नै भएन”
“जीर्ण अवस्थामा रहेको विद्यालय भवन त्यसैमा बर्षाले गर्दा गत साउनमा विद्यालयको खेलमैदान भत्कीदा भवन समेत जोखिममा रहेको छ । गाँउपालिकामा उक्त भत्केको खेलमैदाने पर्खाल पुनः निर्माणका लागी निवेदन दिएका छौ , बजेटको ब्यवस्था गर्छौ भनेका छन तर अहिले सम्म कुनै खबर आएको छैन । गाउँपालिकाबाट विद्यालयका लागी बजेट छुट्याउन माग पनि गरेका थियौ तर गाउंपालिकाले बजेट दिएन, निजि स्रोतबाट शिक्षक राख्न सकिने अवस्था छैन”उनले थपे
विद्यालयमा अध्ययनरत बालबालिकाहरुको भविश्य शिक्षक नभएकै कारणले अन्धकारतिर धकेलिरहेको छ । सडकबाट ४ किलेमिटरको दुरीमा रहेको उक्त गाँउमा ३० देखी ३५ घरधुरीको बसोवास रहेको छ । वि स २०६४ साल पहिले गाउँमा स्कुल थिएन स्कुल पढ्न ४ किलोमिटर ओरालो हिडेर बगडी भन्ने ठाउँ जाने गरेका थिए ।
विद्यालय जाने उमेरका बालबालिका गाउँमै खेलेर बस्थे १०÷११ बर्षको उमेर भएपछी १ कक्षमा भर्ना हुन बगडी जान्थे । गाउँमै स्कुल भएपछी आफ्ना बालबालिकाहरुलाइ समयमै स्कुल पढाउन पाउने भनि स्थानिय निकै खुसि भएका थिए । तर सिहदरबार गाउँमा आएपछि स्कुलले जिल्ला शिक्षाबाट पाउने रकम पनि आएन । स्थानिय तह स्थापना भएपछी गाउँपालिका भित्रका बिद्यालयहरु स्थानीयतहको जिम्मा लगाइएका छन । तर स्थानिय सरकारले बिद्यालयलाइ बजेट नै नदिएपछी बिद्यालय बन्द हुने अवस्थामा पुगेको स्थानीय पदम बहादुर बोहराले बताए । बिद्यालयको अवस्था निकै दयनिय रहेको छ र गाउपालिकाले १ बर्षसम्म बजेट नहाल्दा बिद्यालय बन्द हुने अवस्थामा छ उनले भने“सरकारले बिद्यालयको बारेमा चासो नदिने हो भने साना नानी बाबुहरुको भबिष्य नै अन्धकार हुने भएको छ”
विद्यालयमा गएको पहिरो सम्बन्धि मुजुल्का बनेर गाउपालिकामा पुगिसकेको र दैवि प्रकोप उद्दार कोषबाट प्राविधिकको टोलीले अनुगमन गरी तयार गरेको प्रतिबेदनका आधारमा रकम छुट्याउने र शिक्षक ब्यवस्थापनका लागी नयाँ शिक्षा नियमावली बनिसकेको र गाँउपालिकाल आवश्यक्ताअनुसार शिक्षक व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए । उनले भने“शिक्षक सेवा आयोगले पुर्ती गरेर बाँकी रहेका दरबन्दीहरुमा गाँउपालिकाले शिक्षक ब्यबस्थापन गर्ने छ ”
सेला प्रा. बि. सेलीमा १ कक्षामा ६ जना २ कक्षमा ७ जना, ३ कक्षमा १० जना र शिशु कक्षमा १२ जाना गरी जम्मा ३५ जनासम्म बिद्यार्थी रहेका छन् ।
४ घण्टा शिशु कक्षा हेरेर बाँकी दुइ पिरियड मात्रै पढाउन मिल्ने भएपनि आफुले भ्याइ नभ्याइ सबै कक्षाकोठामा पढाउने गरेको शिशु कक्षाकी शिक्षिका बिस्मती पन्तले बताईन्। १ कक्षादेखी ३ कक्षा सम्म पढाउने एक जना मात्रै भएपनी आफुलाइ सहज हुने र सरकारले शिक्षकको ब्यवस्था नगर्दा आफुलाइ समेत पढाउन असहज भईरहेको उनले बताईन् ।
बैतडी जिल्लालाइ पुर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी गरिरहंदा सम्बन्धित निकायको ध्यान गाउँगाउँ र जिल्लाका कुनाकाप्चासम्म पुग्न सकेको छैन । यसरी कागजमा मात्रै जिल्लालाइ साक्षर जिल्ला घोषणा गर्नुभन्दा पनि शिक्षाको गुणस्तर र गाउँका बिद्यालयहरुको अवस्था सुधारमा समबनधीत निकायको ध्यान जानु जरुरी छ ।