कम्युनिस्ट सरकारले परिणाम नदेखाए सकिन्छौंः प्रचण्ड

0
Shares

चितवन ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीको दुई तिहाइ बहुमतको सरकारले काममा परिणाम नदेखाए सकिने खतरा रहेको बताएका छन् ।

 

जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन सत्रलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहदेखि केन्द्रसम्म नै जनताको अपार सर्मथनसहितको सरकार रहेको बेलामा पनि काम गर्न नसकिए सकिने खतरा रहने टिप्पणी गरे । उनले भने, ‘विकास निर्माण र रचनात्मक काममा प्रतिपक्षले पनि सहयोग गर्छु भनेको छ, तलदेखि माथिसम्म नै हाम्रो सरकार छ, यतिबेला गर्न नसके दोष कसलाई दिने ?’ जनताले दिएको विश्वास अनुसार सबै सरकारहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ ।

 

‘हामीले काम गर्न सकेनौं भने जनताले हामीलाई पत्याइरहन पर्दछ भन्ने आवश्यकता छैन, जनताले विकल्प खोज्छन्’ अध्यक्ष प्रचण्डले अगाडि थपे, ‘यो त कम्युनिस्ट पार्टीका लागि निकै दुर्भाग्यको विषय हुन्छ ।’ हरेक स्थानीय तहले प्राथमिकता निर्धारण गरेर हरेक वर्ष गर्ने कामको योजना बनाउने र जनतालाई यथार्थ विषयका बारेमा जानकारी दिन सक्नुपर्ने उनको भनाइ छ ।

 

फरक प्रसङ्गमा कुरा गर्दै नेकपाका अध्यक्ष प्रचण्डले चीन, भारत र नेपाल मिलेर जोइन्ट भेन्चरमा ठूला परियोजनाहरु निर्माणका लागि अहिलेको समय अनुकुल भएको बताए । ‘हामीले १२÷१५ हजार मेगावाटका ठूला विद्युत् परियोजनाहरु निर्माण गरी अन्र्तदेशिय सम्बन्धलाई मजबुत बनाउन सक्छौं, अब हाम्रो ध्यान यता जान जरुरी छ’ अध्यक्ष प्रचण्डले भने ‘अब काममा एक्सनमा जाने बेला भएको छ ।’

त्यसैगरी अध्यक्ष प्रचण्डले झण्डै १२ सय मेगावाटको जलाशययुक्त बुढिगण्डकी जलविधुत् परियोजना चिनियाँ कम्पनी गेजुवालाई दिने सरकारको निर्णयका बारेमा प्रचण्डले मुख खोलेका छन् । उनले आफू प्रधानमन्त्री भएको बेलामा गरेको निर्णयमा नै अहिलेको सरकार आइपुगेको टिप्पणी गरे । ‘एउटाले बनाउन दिने निर्णय गर्ने, अर्कोले भत्काउने, फेरि अर्कोले दिने यस्तैं काम भएको छ’ अध्यक्ष प्रचण्ड भने, ‘मैंले जहाँ लगेर प्रकृया टुंग्याएको थिए, अहिले सरकार त्यही आइपुग्यो ।’

 

यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य एवंम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या धेरैं भएको बताए । २१ वटा राष्ट्रिय गौरवका आयोजना हुनु तर वजेट नहुनु दुर्भाग्य भएको नेता पाण्डेको भनाइ छ ।

 

अहिलेको अवस्थामा हेर्दा ४० खर्व रकम यी आयोजनाका लागि आवश्यक पर्ने तर, वजेट सबै विकासको गरेर ४ खर्व मात्रैं हुँदा समयमा नै कुनै आयोजना सम्पन्न गर्न नसकिएको नेता पाण्डेले दावी गरे ।

 

जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभालाई सम्वोधन गर्दै नेता पाण्डेले भने, ‘मैंले नै राष्ट्रिय गौरवका आयोजनाहरुमा काम सुरु गरेको हुँ तर आज हेर्दा धेरैं आयोजना बनाउनु गलत भएछ की भन्ने लाग्छ, अब यसलाई घटाएर ३र४ वटामा बजेटले धान्न सक्ने मात्रैं गराउनुपर्ने देखियो ।’

 

वजेटको सुनिश्चिता नभइकन नै आयोजनाहरुको काम हुने परम्परागत कार्यशैंलीमा अब परिवर्तन आवश्यक भएको उनको भनाइ छ ।