वर्तमान सरकारले सही शासन दिन सकेनः गगन थापा

0
Shares

पाल्पा ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य गगन थापाले वर्तमान सरकारले क्षमताका हिसावलेृ सही शासन दिने क्षमता राख्न नसकेको वताएका छन ।

उनले भने –‘सरकारले लोकप्रियता गुमाउदै गइरहेको छ आफू अनुकुलका परिस्थितिहरु निर्माण भइरहदा पनि समय खेर फालिरहेको छ ।’ उनले वर्तमान सरकारका क्रियाकलाप प्रति लक्षित गर्दै अगाडी थपे–‘ हामीले शासन व्यवस्थाको स्थिरताको कुरा धेरै उठायौं तर यही स्थिरता कतै संविधानको स्थायित्वको सकट ल्याउने वन्ने त होइन ?’

उनले सविंधान कार्यान्वनमा सरकारलाई प्रतिपक्ष दल काँग्रेसले सहयोग गर्ने बताए । नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले जनताको जनमतलाई कदर गर्न संविधान कार्यान्वयन गराउने काममा प्रतिपक्षको महत्वपूर्ण भूमिका रहने बताए ।

सोमबार पाल्पाको तानसेनमा नेपाल प्रेस युनियन जिल्ला शाखा पाल्पाले आयोजना गरेको नवनिर्वाचित प्रेस युुनियनका पदाधिकारीहरुको पदस्थापन तथा अन्र्त्क्रिया कार्यक्रममा बोल्दै सांसद थापाले सरकारको गुण र दोषका आधारमा सरकारलाई काँग्रेसले सहयोग गर्ने बताएका हुन् ।

बहुमत प्राप्त सरकार संविधान कार्यान्वयनमा चुकेको सांसद थापाले आरोप लगाए । उनले भने ‘सरकार संविधान कार्यान्वयनको दिशामा अगाडि बढ्ने समयमा संविधान नै उलङ्गन तर्फ अग्रसर भएको छ । ’ बहुमत प्राप्त सरकार लामो समय पछि बन्यो, तर सरकार सुशासनको पक्षमा चुकेको र मुलुकलाई समृद्धि तर्फ उन्मुख गराउन असफल भएको थापाको भनाई थियो ।

सांसद थापाले क्षमताको हिसाबले जनताको अपेक्षा अनुरुप काम गर्न नसक्दा ५ बर्ष अनुकुलको समय खेरा जादा प्रश्न सरकारमाथि मात्र नभई पद्धतीमाथि नै उठ्ने बताए । यो अवस्थामा प्रतिपक्षको भुमिका राम्रो छ, यसलाई अझ शसक्त बनाउनुपर्ने बताउँदै महासमितिको बैठक पछि पार्र्टीको नयाँ संरचना बन्ने बताए ।

उनले संघीयता बारे वर्तमान प्रधानमन्त्री केपी ओलीको स्पष्ट धारणा नभएको हुँदा प्रदेश सरकार कमजोर बन्दै गएको बताए ।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै सांसद थापाले संविधानले दिएका अधिकारहरु प्रयोग गर्न प्रदेश सरकार नै चुकेको बताए । उनले भने ‘प्रदेश सरकार नै संविधान कार्यान्वयनमा चुकेकाले संघीयताको अस्तित्व नै गुम्मने खतरा रहेको छ । ’ पछिल्लो समयमा सरकार जनता र पत्रकारहरुसँग डराउन छोडेको भन्दै यहि विषयलाई लिएर अहिले नै सरकार अधिनायकवाद तर्फ लागेको भन्न नमिल्ने सांसद थापाको भनाई छ ।