रसुवामा भारी बोकेर ५० लाख आम्दानी

0
Shares

रसुवा ।
धुन्चे स्याफ्रुबेसी सडक खण्डको त्रिशुली खोलामा पहिरो जादा अबरुद्ध सडकको सामान ओसार पसार गर्दा रसुवाका स्थानिय मजदुरले भारी बोकेर ५० लाख भन्दा बढि आम्दानी गरेका छन ।

ढुवानीको काममा संंलग्न आमाछोदिङमो गाउपालिका वडा नं २ सानु हाकुका मोन छिरिङ तमाङका अनुसार केरुङबाट आयात भएका सामाग्री ढुवानीमा पहिरोले राजमार्गमा अवरोध पु¥याएपछि धुञ्चे नजिक त्रिशुली नदि छेउमा मानिसद्धारा ढुवानी गरी पल्टी गर्ने कामका मजदुरले ज्याला वापत ५० लाख भन्दा बढि आय गरेका हुन ।

पहिरोले सडक अबरुद्ध हुदाँ लगभग ३ सयभन्दा बढी मजदुरले ढुवानीको काम गरेको र गत भदौ १८ गते अगाडि १० दिनको अन्तरालमा सामान बोके बापत ५० लाख भन्दा बढि ज्याला पाएका तामाङले बताए ।

सामान रोकिएपछि व्यवसायीलाई सहज पार्न धुञ्चेको क्षेत्रमा बसोबास गर्ने हाकु यार्सा लगायतका बासिन्दाले सामान बोक्ने काममा सहयोग पु¥याएको र व्यवसायीले पनि श्रमको सम्मानपुर्वक मजदुर ज्याला दिएका थिए । मजदुरले चीनबाट आयात भएको सामान मध्ये स्याउ, लसुन,अदुवा स्याउपाती जस्ता सामाग्री बोकेर मोटर पल्टि गरेको थिए । गत भदौ २ गते पहिरो गए पश्चात त्रिशुली नदि आसपासमा अस्थायी घुम्ती होटल सञ्चालन गर्नेहरुले पनी चिया खाजा खाना बिक्रीबाट मनग्य आम्दानी गरेको स्थानिय कामी छिरिङ तमाङले बताए ।