महिला संघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0
Shares

हेटौंडा ।
नेपाल महिला संघ मकवानपुरले आइतबार विरोध ¥यालीसहित प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा राज्य संयन्त्रबाट अनुसन्धान र छानबिनमा लापरबाही, सरकारबाट संविधान पालनामा गम्भीर त्रुटि, प्रेसमाथि भइरहेको नियन्त्रण, मूल्यवृद्धि एवम् देशका विभिन्न भागमा भइरहेका बलात्कार, हत्या, हिंसा घटनाको विरोधमा ¥यालीसहित तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।

कांग्रेस पार्टी कार्यालय मकवानपुरबाट सुरु भएको ¥याली कान्तिराजपथ, बुद्धचोक, उद्योग वाणिज्य संघ हुँदै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पुगेर नेपाल महिला संघ अध्यक्ष लक्ष्मी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी आश्मान तामाङमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ तामाङले आफू पनि देशमा बढ्दै गएको बलात्कार, हत्या र हिंसाप्रति चिन्तित भएको बताउँदै ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाइने बताउनुभयो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल महिला संघका जिल्ला पदाधिकारी एवम् सदस्यहरु, नेपाली कांग्रेसका नेता÷कार्यकर्ताको सहभागिता थियो ।