मेरो बुबाले ४२ वटी श्रीमती विहे गर्नुभयो म ४१ औँ आमाको छोरा हुँः जय किसन बस्नेत

0
Shares

बाल्यकालदेखी नै कलाकारिता क्षेत्रमा प्रवेश गरेका निकै चर्चित निर्माता, निर्देशक एवम् नायक जसले अहिले सम्म १०७ वटा फिल्ममा काम गरिसकेका छन्, जसको बुबाले ४२ वटी श्रीमति विहे गरेका थिए र जो ४१ औँ आमाका छोरा हुन् जय किसन बस्नेतसंग प्रदिप विवश भण्डारीले गरेको कुराकानीको सारसंक्षेप

 

कहाँ जन्मनु भयो र बाल्यकाल कस्तो थियो ?

मेरो जन्म २०३८ साल असोज १७ गते काठमाडौँ, सिनामंगलमा भएको हो । मरो बाल्यकाल त्यस्तो नरमाईलो भने भएन । म सानै देखी चन्चले थिए । मैले सानै देखी मेरो दाई सोवित वस्नेत मार्फत यो फिल्म क्षेत्रमा प्रवेश गर्न पाए । म आफूलाई भाग्यशाली ठान्छु । विशेष त मेरो बाल्यकाल मनोरञ्जन मै बित्यो ।

आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
अस्ति असोज ५ गते बाट मेरो धुम ३ चलचित्र प्रदर्शनमा आएको छ । त्यसैको लागि विभिन्न हलहरुमा जाने दर्शकहरुको प्रतिकृया बुझ्ने । केहि सल्लाह सुझाव लिने यसैमा व्यस्त छु ।

धुम ३ चलचित्रले कस्तो व्यापार गरिरहेको छ ?
एकदमै पनि राम्रो व्यापार गरेको छ । धेरै दर्शकहरुले मन पराईदिनु भएको छ । धुम चलचित्रलाई पनि एकदमै मन पराईदिभएको थियो त्यहि भएर मलाई धेरै दर्शकहरुले यसको धुम २ बनाउन आग्रह गर्नु भयो र मैले धुम २ पनि बनाए त्यसले पनि मलाई राम्रै प्रतिक्रिया मिल्यो । अहिले यो धुम ३ बनाए यस चलचित्रले पनि राम्रो प्रतिक्रिया पाएको छु । यहि मैले पाएको दर्शकहरुको मायाले अवस्य पनि अव धुम ४ पनि बनाउने प्रयत्न गर्नेछु ।

कसरी यस क्षेत्रमा बाल्यकाल देखी नै रहिरहन सफल हुनुभएको छ ?
मलाई मेरो देश प्योरो लाग्छ । त्यसैमा झन मलाई नेपाली चलचित्र क्षेत्रलाई छाडेर कहि कतै जान मन लाग्दैन । हुन त म पनि विदेश गएर बस्न सक्थे तर मैले यसरी दर्शकहरुको माया पाएको छु कि मलाई यहि नेपालमा नै स्वर्ग छ त म विदेश गएर किन ओझलेमा पर्नु भन्ने लाग्छ । त्यसैले मलाई जब सम्म दर्शकहरुले माया गरिरहनु हुन्छ तब सम्म मैले नेपाली चलचित्र क्षेत्र छाडेर कहि जाने छैन भन्न चाहान्छु ।

यस क्षेत्रमा आउन चाहाने साथिहरुका लागि के सल्लाह दिनुहुन्छ ?
सर्वप्रथम त हरेक क्षेत्रमा जानु भन्दा पहिले त्यस क्षेत्रको बारेमा राम्रोसंग बुझ्नु पर्छ । यस चलचित्र क्षेत्रको कुरा गर्दा अहिले पछिल्लो समय निकै धेरै कलाकारहरु आउनु भएको छ कतिले त धेरै राम्रो पनि गर्नु भएको छ । तर कति साथिहरु आउनुभएको छ अनि नबुझेर आएकै कारण ओझेलमा पर्नु भएको छ । नेपाली चलचित्र क्षेत्रमा टिकेर रहिरहन निकै गाह्रो छ । त्यसैले पहिले आफू सक्षम हुनुहोस यस क्षेत्रको लागि अनि मात्र प्रवेश गर्नुहोस भन्न चाहान्छु ।

अन्तिममा केहि भन्न मन छ कि ?
मेरो चलचित्र धुम ३ अस्ति असोज ५ गतेबाट देशभर प्रदर्शनमा आएको छ । आफ्नो नजिक पर्ने हलमा गएर हेरिदिनुहोला । यो चलचित्र डिसहोम च्यानल नम्बर १०८ मा पनि प्रदर्शन भैईरहेको छ । तपाईले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ । आजसम्म मलाई यति धेरै माया गरिहनुभएको छ त्यसको लागि सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई, दिदिबहिनीलाई धेरै–धेरै धन्यवाद भन्न चाहान्छु र आँउदा दिनमा पनि यसै गरी तपाईको माया, साथ, सहयोग सधैभ्ीर पाईरहनेछु भन्ने पनि आशा गरेको छु । जय धुम ३