दोलखा ।
नेपाल विद्युत प्राधिकरण दोलखा शाखाका एक कर्मचारीको लाईन मर्मतको क्रममा हाइटेन्सन लाईनमा करेन्ट प्रवाह हुदा पोलबाट लडेर मृत्यु भएको छ ।
बिजुली अबरुद्ध भएपछि दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ४ जिलुको घोगडीमा लाइन मर्मत गर्न गएको नेपाल विद्युत प्राधिकरण दोलखाको कर्मचारी पाँचथर घर भएका नविन तेम्जुङको हाइटेन्सन लाइनमा करेन्ट प्रवाह हुँदा पोलबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
कार्यालयका अनुसार तार टाङ्ने क्रममा तेम्जुङ खम्बाको माथिबाट उछिट्टिएर तल खसेका थिए ।
प्रतिक्रिया