तल्लादेही स्वास्थ्य चौकीमा तालाबन्दी, बिरामीलाई समस्या

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ९ मा रहेको तल्लादेही स्वास्थ्य चौकीमा केही स्थानीयहरुले तालाबन्दी गरेका छन् । आज दिउसो १२ बजेतिर केही स्थानीय स्वास्थ्य चौकीमा पुगेर एक्कासी तालाबन्दी गर्दा आफुहरुले स्वास्थ्य चौकीमा बिरामी हेर्न नपाएको स्वास्थ्य चौकी इञ्चार्ज हेमन्तसिंह साउँदले बताए ।

स्वास्थ्य चौकीमा तालाबन्दी हुदाँ त्यस क्षेत्रका बिरामीहरु मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा संञ्चालनमा आउने तयारीमा रहेको ल्याव प्रयोगशालाको लागी नगरपालिकाले कर्मचारी छनोट गर्दा स्थानीयलाइ नराखेको भन्दै स्थानीयले स्वास्थ्य चौकीमा तालाबन्दी गरेका हुन् ।

यता पुर्चौडी नगरपालिकाकी नगर उप प्रमुख जानकी बमले त्यहीका स्थानीयको आवेदन परेपनि आवश्यक कागजात नपुगेकोले नगरपालिकाले स्थानीयलाइ ल्याव प्रयोगशालाको कर्मचारीको रुपमा राख्न नसकेको प्रष्ट पारिन् । उनले भनिन्“ नगर उप प्रमुख बमले नपरपालिका भित्रैको मान्छेलाइ कर्मचारीको रुपमा छनोट गरेका छौं।”
पुर्चौडी नगरपालिकाले केही दिन अगाडी केही स्वास्थ्यकर्मीलाई करारमा नियुक्त गरेको थियो।