ग्रासरुट फुटबलको रिर्हशन

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।
दोलखा जिल्ला फुटबल संघले बुधवार (आज) ग्रासरुट फुटबलको रिहसर्ल कार्यक्रम सम्पन्न गरेको छ ।

एन्फाको सहयोगमा सञ्चालन हुन लागेको ग्रासरुट फुटबलको रिर्हशलको लागि बिभिन्न चारवटा विद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए ।

दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठको सभापतित्वमा सम्पन्न रिर्हशल कार्यक्रममा ग्रासरुट फुटबल कार्यक्रमको केन्द्रिय प्रतिनिधि एवं दोलखा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष बाबुकाजी वस्नेत, जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष हिरा थोकर, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा र दोलखा जिल्ला फुटबल संघका महासचिव कौरव पाण्डेले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

ग्रासरुट फुटबल कार्यक्रममा जिल्लाको बिभिन्न ६ वटा विद्यालयबाट ६ देखि १४ बर्ष उमेर समूहका एक सय २० जनाको सहभागिता रहने जनाईएको छ ।