कहाँ जान्छन् बेपत्ताहरू ?

0
Shares

सलिम अन्सारी, प्युठान ।
जिल्लाको सरुमारानी गाउंपालिका ६ भिङ्ग्रीखोला घर भएका बर्ष २५ कि शीला मगर र २३ बर्षकी मिरा घर्ती हराएको झण्डै तीन महिना भयो ।

गत असार २४ मा च्याउ खोज्न जान्छौ भनेर घरवाट जंगल निस्केका ती नन्द भाउजु न माइत पुगे , न त घर फर्किए । घरमा तीन जना दुधे बच्चा छोडेर निस्केका उनिहरु कहाँ के गर्दै छन भन्ने बारे परिवार तथा आफन्त नै अनबिज्ञ छन। प्रहरी र परिवारले खोजी गरे पनि फेला उनिहरु परेका छैनन् ।

प्युठान नगरपालिका २ सिद्धिखोला कि २३ बर्षिया बसन्ती जिसी २०७४ जेठ २ देखि हराएको व्यक्तिको सूचीमा छिन् । ०७४ माघ १३ गतेदेखि हराएको भनिएकी ऐरावती ६ की २० वर्षीया आशुष्माको अझै अत्तोपत्तो छैन । यस्तै, सरुमारानी २ की २१ वर्षीया रमिता पनि ०७४ फागुन २५ देखि हराएकी छन्, उनको पनि कुनै खबर छैन । माथी उल्लेखित परिवर्तित नाम हुन।आर्थिक बर्ष ०७२र७३ मा ६९ जना मानिस हराएकोमा जम्मा १५ जना मात्र सम्पर्कमा आए। ५४ जना अझै सम्पर्क्बिहिन छन। गत आर्थिक बर्षमा महिला,पुरुष र बालबालिका गरि जिल्लाबाट १ सय ६० जना हराएका थिए। त्यसमध्ये ७ जना अझै फेला पर्न नसकेको महिला तथा बालबालिका सेवा केन्द्र प्युठानले बताएको हो। हराएका मध्ये १ सय ५३ जनालाई प्रहरीले खोजविन गरि सम्वन्धित अभिभावकको जिम्मा लगाएको थियो। चालू आर्थिक बर्षको असोज १ गते सम्म हराईरहेका ३० जना मध्ये १५ जना फेला परेको प्रहरी तथ्याकंमा उल्लेख छ। अन्य १५ जना बेपत्ताको सुचीमा छन। यसरी हराउनेमा महिला तथा बालबालिकाको संख्या धेरै रहेको जनाईएको छ।

प्रहरीका अनुसार उनीहरूको खोजीकार्य भइरहेको छ। यद्धपि प्रहरीले खोजी गरिरहेको दावीगरे पनि परिवारका सदस्य भने प्रहरीले तदारुकता नदेखाएको आरोप लगाउँछन् । हराएकाको खोजीमा हैरानी बेर्होनु परिरहेको प्रहरी अधिकारीहरू बताउँछन् । आफैं हराएको या अरु के कारण हो भन्ने यकिन नहुँदा पनि प्रहरीलाई खोज्न हैरानी हुने गरेको छ ।

प्युठान प्रहरी प्रमुख डीएसपी निर्मल बुढाथोकीका अनुसार हराएको जानकारी आउनासाथ खोजी गर्न टोली परिचालन गर्ने गरिएको छ । फेला पर्न नसक्दा दोषी प्रहरी नहुने उनको भनाइ छ । आफैं हराएकाहरू मुलुकबाहिर पुग्ने तथा कतै लुकेर बस्ने बढी भएकाले खोजी गर्न समस्या हुने गरेको उनले बताए ।

धेरैजसो हराएकाहरू कहाँ जान्छन्, प्रहरीले समेत अहिलेसम्म भेउ पाउन सकेको छैन । कतिपयले मानिस हराएपछि प्रहरीमा खोजीका लागि जाहेरी गर्ने र केही समयपछि घर फर्किएमा प्रहरीमा जानकारी नगराउने भएकाले पनि हराएको अभिलेखमा रहिरहेर बढी देखिएको तर्क गर्छन ।

तर प्रनाउ बुढाथोकीले मातहतका सबै प्रहरी युनिटमाफर्त बेलाबेला हराएको बारे अपडेट गर्ने भएकाले हराइरहेकै मान्न सकिने बताउँछन् ।

‘कतिपय महिला र किशोरकिशोरीले भागी विवाह गर्ने, परिवारलाई खबर नगर्नाले पनि हराउनेको उजुरी बढि नै आउँछन ।,’ डिएसपी बुढाथोकिले भने ।परिवारको सदस्य हराए पीडितले तुरुन्त प्रहरीलाई खबर गर्छन् । खोजी गरिदिन भन्दै ताकेता गर्छन् । तर, हराएका मानिस भेटिए प्रहरीलाई कमैले मात्र जानकारी दिन्छन। बैदेशिक रोजगारी, पारिवारिक कलह र सामाजिक सञ्जालको दुरुपयोगबाट पनि महिला तथा बालवालिका बेखवर बन्ने गरेको प्रहरीको अध्ययनले देखाएको छ ।महिला तथा बालबालिका कार्यालय प्युठानकी प्रमुख दिलसरा राना भन्छिन।

यस्तै, पहाडी जिल्लाबाट तराई झरेर बस्ने या भारततिर जाने गरेका कारण पनि हराएकाको खोजी गर्न समस्या हुने गरेको छ ।

हराएको जानकारी आउनासाथ सम्बन्धित जिल्ला प्रहरी कार्यालयले मातहतका सबै एकाइ र उपल्ला निकायमा हुलियासहित जानकारी दिन्छन् । जिल्ला, अञ्चल, क्षेत्र हुँदै केन्द्रसम्म उनीहरूको सूची पठाएर खोजीलाई निरन्तरता दिइने गरेको प्रहरीको भनाइ छ । दिएसपी बुढाथोकी भन्छन्, ‘बेपत्ताको खोजीमा प्रहरी सक्रिय नै छ । तर हराएजति फेलापार्न सकिएको छैन ।’

हराएकाहरूका परिवारले भने खोजी गर्न प्रहरीले औपचारिकता मात्र पूरा गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।