आबुधाबी लगानी प्राधिकरणसँगको सहकार्यमा नेपालमा लगानी गर्न सकिने

0
Shares

काठमाडौं, (नेस)
नेपालका लागि संयुक्त अरब इमिरेट्स (यँएई) का राजदँत सइद हमदान अल नाकाईले नेपालबाट संयुक्त अरब इमिरेट्समा उच्चस्तरीय भ्रमणबाट द्विपक्षीय सम्बन्ध मजबुत भएको बताएका छन् । उहाँले दुवै देशबीचमा उद्यमी–व्यवसायीबीच पनि आपसी भ्रमण र चिनजानी भएमा सम्बन्ध विस्तार भई त्यो सम्बन्धले दुई मुलुकबीच इन्जिनको काम गर्ने बताए ।

नेपाल उद्योग परिसंघका पदाधिकारीसँग भेटवार्ता गर्दै राजदँत अल नाकाई यँएईबाट नेपालमा लगानी भित्र्याउन लगानीको सुरक्षाको प्रत्याभँतिलगायत द्विपक्षीय लगानी प्रवद्र्धन र संरक्षण सम्झौता र दोहोरो कर उन्मुक्ति सम्झौताले लगानी आकर्षित गर्न थप ऊर्जा दिने बताए । उनले आबुधाबी लगानी प्राधिकरणसँगको सहकार्यमा नेपालमा जलस्रोत, सौर्य ऊर्जा, खाद्य प्रशोधन, पर्यटन, अर्गानिक खाद्य पदार्थ, ‘स्मार्ट सिटी’आदि क्षेत्रमा लगानी भित्र्याउन पर्याप्त सम्भावना रहेको पनि धारणा राखेका थिए ।

नेपालले लगानीको परियोजनाको सँची र विवरणसहित पँर्ण तयारीका साथ छलफलमा सहभागी भए बढी फलदायी हुने बताउँदै दुई मुलुकबीचको निजी क्षेत्रको बीचमा समेत आपसी व्यापारिक सम्बन्ध प्रगाढ बनाइ औद्योगिक र व्यापारिक सम्बन्ध बढाउन दुवै मुलुकका बीचमा औद्योगिक व्यापारिक प्रतिनिधि मण्डलको भ्रमणको आदान–प्रदान हुनुपर्ने र सन् २०२० मा दुबईमा आयोजना हुने ‘वल्र्ड एस्पोजिसन’मा समेत नेपालको प्रभावकारी सहभागिता रहने विश्वाससमेत व्यक्त गरे ।

त्यसक्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले दुई मुलुकबीच विद्यमान आर्थिक एवम् व्यापारिक सम्बन्धमा राजदँत हमदान अलनाकाईको कार्यकालमा थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले गर्दै यँएई नेपाली श्रमिकको गन्तव्य मुलुक बन्दै आएको परिप्रेक्ष्यमा आउँदा दिनमा नेपालले त्यस मुलुकबाट वैदेशिक लगानी नेपालमा भित्र्याई औद्योगिकीकरणका लागि ठोस कार्य योजना सहितका कार्य गर्नुपर्ने र यसबाट सन् २०१६–१७मा सो मुलुकसँग २९ अर्ब ९ करोड ८० लाख रुपियाँबराबरको व्यापारघाटा रहेको र सो व्यापारघाटामा आयात २९ अर्ब १९ करोड ९० लाख र निर्यात केबल १० करोड रहेको तथ्यांक पेश गर्नुभएको थियो ।

विप्रेषणबाट सो व्यापारघाटामा केही राहत भए पनि अन्तत्वगत्वा औद्योगिकीकरण, पर्यटन र कृषि क्षेत्रको विकास गर्नु आवश्यक एवम् अनिवार्य रहेको अध्यक्ष शर्माको भनाइ थियो । नेपालबाट युएईमा निकासी हुने वस्तुमा ऊनी पछ्यौरा, गलैंचा, पान मसला आदि छन् भने आयात हुने वस्तुमा सुन, चाँदी पेट्रोबिटुमिन, लुब्रिकेटिङ तेल आदि हुन् ।
नेपाली खाद्य वस्तु, गैरवन पैदावारमा आधारित जडिबुटी र खाद्यन्न निर्यात गर्न सकिने पर्याप्त सम्भावना रहेका छन् ।