५२ कलाकार टोकियोद्वको एउटै स्टेजमा

0
Shares

राजविन थापा, जापान
भोलि आइतबार ६ बजेबाट नाखानो जेरो हल, टोकियोमा सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने सूर्य इन्टरनेसनल अवार्डमा एकै मञ्चमा ५२ कलाकार सहभागी हुने भएका छन्। अवार्ड समारोहमा सरिक हुन शुक्रबारबाट कलाकार जापानतर्पm उडेका छन्।

अवार्डका लागि सेप्टेम्बर १ बाट भोटिङ प्रक्रियाको शुरूआत भएको थियो। अवार्डमा मनोनयनमा परेकामध्ये सर्वाधिक भोट पाउनेलाई लोकप्रिय अवार्ड प्रदान गरिनेभएको छ। निःशुल्क अनलाइन भोटिङमार्फत विजेता छानिने कार्यक्रमका अध्यक्ष तथा सूर्य कर्पोरेसनका अध्यक्ष वासुदेव लामिछानेले बताएका छन्। अवार्ड समारोहमा लोकप्रिय फिल्म, नायक, नायिका, सहकलाकार महिला र पुरुषका साथै संगीततर्फ लोक, पप र आधुनिक गायक र गायिका विधामा अवार्ड प्रदान गरिनेछ। मनोनयनमा लोकप्रिय फिल्मतर्फ छक्का पञ्जा–२ सहित ए मेरो हजुर–२, शत्रु गते, म यस्तो गीत गाउँछु र कृ परेका छन्। नायकतर्फ अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का र दयाहाङ राईबीच भोटिङ प्रतिस्पर्धा हुँदा नायिकाको विधामा साम्राज्ञी राज्यलक्ष्मी शाह, श्वेता खड्का, पूजा शर्मा, शिल्पा पोखरेल र निता ढुंगाना भिड्ने भएका छन्। उत्कृष्ट निर्देशकका लागि छक्का पञ्जा–२ बाट दीपाश्री निरौला, ए मेरो हजुर–२ बाट झरना थापा, म यस्तो गीत गाउँछुबाट सुदर्शन थापा, लिली बिलीबाट मिलन चाम्स, शत्रुगतेबाट प्रदीप भट्टराई प्रतिस्पर्धामा छन्। अवार्डमा सहअभिनेता र सहअभिनेतृको विधासमेत रहेको छ।