जे भने नि हुन्छ मलाई पैसा लाग्दैन

0
Shares

– हरिवंश आचार्य

जे भने नि हुन्छ मलाई पैसा लाग्दैन
म दुःखीलाई जे भने नि दुःख लाग्दैन।

लामो समयपछि मह सञ्चारबाट शत्रु गते नामक फिल्म निर्माण गरी सफलता चुमेका हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले अर्को फिल्म दाल भात तरकारी बनाउने तयारी गरिरहेका बेला गाएको गीत हो यो।

हरिवंशले मह सञ्चारका तर्पmबाट हालै यो नयाँ गीत सार्वजनिक गरेका हुन्। म्युजिक भिडियोसहित यो गीत मह सञ्चारको युट्युबबाट रिलिज गरिएको हो। हरिवंशको यसपालिको यो गीत हेर्नेभन्दा बढी सुन्ने गीतका रूपमा तयार भएको छ। लोक आधुनिक शैलीको गीत हरिवंश आफैंले लेखेका हुन्। गीतमा संगीत पनि उनैले दिएका छन्। गीतलाई प्रत्यक्ष रेकर्डिङ शैलीमा भिडियो बनाएर सार्वजनिक गरिएको छ। जीवित जल्मीको एरेन्जमेन्ट रहेको गीतमा मादल उनैले बजाएका छन् भने बाँसुरी रवीन्द्र महर्जन, गीतार अन्ताज नकर्मी र सारंगी हेमन्त कान्छा रसाइलीको रहेको छ।

भिडियोका निर्देशक सुदन केसीले भिडियोमा वाद्यवादक कलाकारलाई समेटेका छन्। सुदन मह सञ्चारको नयाँ फिल्म दाल भात तरकारी निर्देशन गर्दैछन्। कलाकार किरण केसीका पुत्र सुदनको यो डेब्यु निर्देशन हुनेछ। भिडियो दीर्घ गुरुङले खिचेका छन् भने सम्पादन जीवन थापाले गरेका छन्।