सवारी साधनअनुसार पर्याप्त छैन पूर्वाधार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
१३औं ‘नाडा अटो शो २०१८’ आयोजना भईरहेको छ । आइतबारसम्म चल्ने उक्त मेला नेपाली अटोमोबाइल्स क्षेत्रमा भइरहेको आधुनिक तथा प्राविधिक विकासको प्रचार–प्रसार र प्रवद्र्धन गर्नु मुख्य उद्देश्य रहेको नाडाले जनाएको छ ।

सवारी साधन तथा अटो सामाग्रीसम्बन्धी सम्पँर्ण जानकारी एकै थलोमा उपलब्ध गराउने मात्र नभई आम सर्वसाधारणलाई सवारी साधनको महत्व र उपयोगिताबारे जानकारी गराउने, सुरक्षित ड्राइभिङ, ट्राफिक नियमको पालना तथा सडक सुरक्षासम्बन्धी जनचेतनाको अभिवृद्धिका लागि नाडाले हरेक वर्ष उक्त मेला आयोजना गर्दै आएको छ । तर, सवारी क्षेत्र र अटोमोबाइल्सकै अविभावक संस्थाका रुपमा रहेको नाडाले हाल सञ्चालनमा रहेका सवारी साधनको तुलनामा आवश्यक पर्ने पँर्वाधारका विषयमा थप चासो दिनुपर्ने आवश्यकता रहेको छ ।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार हाल मुलुकभर ११ लाख ७५ हजारभन्दा बढी सवारी साधन गुड्छन् । पछिल्ला दुई आर्थिक वर्षमा सवारी साधनको दर्ता झण्डै दोब्बरले बढेर वार्षिक १ लाख २० हजारको हाराहारीमा पुगेको छ । सडकअनुसार सवारी साधनको संख्या धेरै छ भने यसका कारण प्रदँषण पनि बढ्दै गएको छ । वर्षेनी लाखौंको संख्यामा सवारी साधन भित्रिरहे पनि सोहीअनुसार सडक, पुललगायत आवश्यक पँर्वाधारको विस्तार हुन सकेका छैनन् । काठमाडौं उपत्यकाको मात्र अवस्था हेर्ने हो भने उपत्यका विस्तार भएको कुल सडकको लम्बाइ १३ सय ५० किलोमिटर बराबर रहेको छ । उक्त सडकमा हाल ११ लाखभन्दा बढी सवारीसाधन गुडिरहेको छन् । करिब ५२ लाख ३० हजार फिट लम्बाई बराबरको सडक उपत्यकामा रहेको भए पनि हाल सञ्चालनमा भइरहेका सवारी साधनले ६६ लाख फिटभन्दा बढी सडक ओगट्ने देखिन्छ ।

आर्थिक वर्ष २०७४÷७५ मा देशभर सबैखाले सवारी साधन दर्ताको अवस्था हेर्दा ४ लाख ३७ हजार ६ सय १४ वटा सवारी साधन यातायात व्यवस्था विभागमा दर्ता भएका छन । साविकको अञ्चलगत रुपमा हेर्दा सबैभन्दा धेरै बाग्मती अञ्चलमामात्रै १ लाख २९ हजार ५ सय ५७ वटा सवारी साधन दर्ता भएका छन् । जसमध्ये मोटरसाइकलको संख्यामात्र १ लाख ४ हजार ४ सय ४४ छ भने अन्य साना–ठँला सवारी साधनको संख्या २५ हजार १ सय १३ छ ।

सबैभन्दा थोरै सवारी साधन दर्ता हुनेमा भने कर्णाली अञ्चल रहेको छ । जहाँ २ सय ६० वटा मोटरसाइकल, १० वटा कार÷जीप, बस एउटा, ई रिक्सा एउटा र ट्रयाक्टर÷पावरटेलर २ वटा गरी कुल २ सय ७४ वटा मात्र सवारी साधन दर्ता भएको विभागको तथ्यांकले देखाउँछ ।
गत आर्थिक वर्षमा बस २ हजार ९ सय ९२ वटा, मिनिबस÷मिनिट्रक १ हजार ९ सय ७३ वटा, क्रेन÷एक्साभेटर÷डोजर÷ट्रक÷टिपर १२ हजार १ सय ५४ वटा, कार÷जीप भ्यान २४ हजार ३ सय ३८ वटा, पिकअप भ्यान १० हजार ३ सय ४२ वटा र माइक्रो बस १ हजार ९ सय ३४ वटा दर्ता भएका छन् ।

त्यसैगरी, मोटरसाइकल ३ लाख, ४१ हजार ६ सय २३ वटा, टेम्पो १६ हजार २ सय ९ वटा, ट्राक्टर पावरटेलर १३ हजार ३ सय ९६ वटा, ई–रिक्सा १२ हजार ३ सय ३५ वटा र अन्य सवारीसाधन ३ सय ४८ वटा विभागमा दर्ता भएका छन् ।

प्रदेशगत रुपमा सवारी साधन दर्ताको संख्या हेर्दा प्रदेश नम्बर १ मा ४१ हजार २ सय ९०, प्रदेश नम्बर २ मा १ लाख २८ हजार ७ सय ८५, प्रदेश नम्बर ३ मा १ लाख २९ हजार ५ सय ६७ र प्रदेश नम्बर ४ मा २२ हजार २ सय ३ वटा सवारी साधन दर्ता भएका छन् ।
त्यसैगरी, प्रदेश नम्बर ५ मा १ लाख ८० वटा, प्रदेश नम्बर ६ मा २ सय ७४ वटा र प्रदेश नम्बर ७ मा १५ हजार ४ सय २४ वटा दर्ता भएका छन् ।

भन्सार विभागको तथ्यांकले पनि नेपालमा सवारी साधनको आयात पछिल्लो तीन वर्षमा दोब्वर बराबरले वृद्धि भएको देखाउँछ । विभागका अनुसार आर्थिक वर्ष २०७१÷७२ मा करिब ३९ अर्ब रुपियाँबराबर रहेको सवारी साधनको आयात ३७ प्रतिशतले बढेर आर्थिक वर्ष २०७२÷७३ मा ५३ अर्ब २३ करोड रुपियाँ पुगेको देखिन्छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७३÷७४ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ३८ प्रतिशतले बढेर ७३ अर्ब २५ करोड रुपियाँ नाघेको देखिन्छ । गत अािर्थक वर्ष २०७४÷७५ मा ८६ अर्ब ३० करोड रुपियाँ बराबरको सवारी साधन तथा त्यसका पार्टपँर्जा आयात भएका छन् । सोही अवधिमा ९ करोड ६६ लाख रुपियाँ बराबरका त्यस्ता सामान निर्यात भएको देखिन्छ । गत आर्थिक वर्षमा सवारी साधनको आयातबाट ८० अर्ब २३ करोड २६ लाख २१ हजार रुपियाँ बराबरको राजस्व संकलन भएको छ ।

मुलुकले बढी आयात गर्ने वस्तुको सँचीमा सवारी साधनको आयात चौथौ स्थानमा देखिन्छ । गत फागुन मसान्तसम्ममा ५५ अर्ब ८९ करोड ९६ लाख ८८ हजार रुपियाँ बराबरको सवारी साधन आयात भएको छ । यस अवधिमा नेपालबाट ८ करोड १८ लाख रुपियाँ बराबरको निर्यात भएको छ भने सवारी साधनको व्यापारमा मात्र मुलुकलाई ५५ अर्ब ८१ करोड ७६ लाख रुपियाँ बराबरको व्यापारघाटा भएको छ ।

यो तथ्यांक बस, ट्रक, चारपांग्रे तथा दुईपांग्रे सवारी साधन आयातको मात्र हो । हवाई, जल, निर्माण सवारी साधन र रेलको तथ्यांक भने फरक छ । यसमा रेलसँग सम्बधित सवारी तथा त्यसका पार्टपँर्जाको आयात भने समेटिएको छैन । आर्थिक वर्ष २०७३÷७४ मा हवाई यातायातसँग सम्बन्धित सवारी साधन र तिनका पार्टपँर्जाको आयातमा गत आर्थिक वर्षमा १९ अर्ब ६२ करोड ५१ लाख रुपियाँ बाहिरिएको थियो गत आर्थिक वर्षमा त्यस्ता सामग्रीकोे आयात साढे २३ अर्ब रुपियाँ बराबर रहेको छ । सोही अवधिमा रेलसम्बन्धी पार्टपँर्जामा ८७ लाख रुपियाँ बराबरको आयात भएको छ भने पानीजहाज, डुंगाजस्ता जल सवारीका लागि १ करोड २५ लाख रुपियाँ बराबरको आयात भएको देखिन्छ ।