झिमरुकले बगाएर एक युवकको मृत्यु

0
Shares

नेपाल समाचारपत्र, प्युठान ।
झिमरुक खोलाले बगाएर प्युठानमा एक युवकको मृत्यु भएको छ।
शुक्रवार बिहान झिमरुक खोलामा नुहाउन गएका गौमुखी गाउं पालिका २ अर्खाका ३० बर्षिया कमल बुढा मगरको खोलाले बगाएर मृत्यु भएको प्रहरीले बताएको हो १ बिहान खाना खाएपछी नुहाउन हिडेका कमल अबेर सम्म कोठामा नफर्के पछि उनका भाईले खोजीबिन गर्दा झिमरुक खोलाको बिच देउरालीमा उनलाइ मृत अबस्थामा फेला पारेका थिए।

कमलले बिगत एक हप्ता देखी प्युठान नगरपालिका ९ मरन्ठाना स्थित बाल बिधा मा बि मजुवामा भबन निर्माणको काम गर्दै आएका थिए। तीन भाइ छोरा मध्य उनी जेठो छोरा हुन।
उनका दुई छोरी छन ।अरु दुई भाइले पनि मृतक कमल संगै भवन निर्माणको काम गर्दै आएका थिए।