अर्नाको आक्रमणमा परि सप्तरीमा दुई बालिका घाईते

14
Shares

शिवहरीप्रसद भट्टराई, राजविराज ।
कोसी टप्पु वन्यजन्तु आरक्षबाट दिउँसै निस्केको अर्नाको आक्रमणमा परि विहिवार सप्तरीमा दुई जना बालिका गम्भिर घाईते भएका छन् ।

अर्नाको आक्रमणमा परी महादेवा गाउँपालिका ४, वलियाकी ८ वर्षिय सञ्जो खंग र १० वर्षिय एन्जिला खंग घाईते भएका हुन् । खेलीरहेका दुवैलाई अर्नाले आक्रमण गरी घाईते वनाएको स्थानीय सुरेन्द्र यादवले वताए ।

हात तथा तिघ्रामा चोट लागेका दुवै वालिकाको राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।