चुनावले नुवाकोटका निर्माण व्यवसायी विभाजित, २ प्यानल भिड्ने निश्चित

0
Shares

नुवाकोट ।
नुवाकोटका निर्माण व्यवसायीलाई शनिबार ३० गते हुने आठौ अधिवेशन तथा साधारणसभाले छोएको छ । जसले गर्दा अहिले निर्माण व्यवसायीहरुलाई चुनावको चटारो राम्रैसँग लागेको छ ।

निर्माण व्यवसायीको हक हितको लागि लड्दै आएका व्यवसायीहरु अहिले दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन । अहिलेका अध्यक्ष सुमन अधिकारी र अहिलेका दितिय उपाध्यक्ष रहेका कृष्ण थपलिया चुनावी मैदानमा उत्रिएका छन । नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले एक कार्यकाल आफुले सफलतापुर्वक चलाएकोले सबैको सहयोगमा आफु पुनः अध्यक्ष बन्ने होडमा लागेको बताए । उनले आफ्नो अहिलेको चुनावी एजेन्टा मुख्य एजेन्टा भनेको निर्माण व्यवसायीको हकहितमा लागेर काम गर्ने र सबैलाई एकजुट बनाएर लैजान आफुले नेतृत्वमा पुन: दाबी रहेको बताए ।

 

अधिकारीले आफ्नो कार्यकालमा निर्माण व्यवसायीलाई साथीहरुलाई कुनैपनि नराम्रो नगरेको बताए । उनले पार्टीका नेताले समेत मिलेर गएमा आफुलाई नै नेतृत्व दिने बताएपछि आफु अगाडी बढेको बताए । उनले ज्याला दररेटमा आफुले समायोजन गर्न चाहेको बताए । उनले चुनाव एक प्रजातान्त्रिक प्रणाली भएको भन्दै आफुले सबै आस्था र पार्टीमा रहेको व्यवसायीसँग सुमधुर सम्बन्ध राख्ने भन्दै त्यसको लागि आफ्नो पुन अध्यक्षमा दाबी रहेको बताए । अधिकारीले निर्माण व्यवसायी विभाजन नभई मिलेर जानुपर्ने र काम गर्नुपर्ने बताए । साथै उनले आफु संस्थापन पक्षले समेत आफुलाई सर्मथन गरेको हुनाले आफु अध्यक्षको दाबी रहेको बताए ।

त्यस्तै अध्यक्षका अर्का दाबेदार कृष्ण थपलियाले आफु अध्यक्षमा दाबी रहनुको मुख्य पाँच बुदा रहेको बताए । उनका पाँच एजेन्डामा साना निर्माण व्यवसायीलाई मिलाएर लैजाने ,निर्माण कार्य चक्रिय रुपमा वितरण गर्ने, निर्माण व्यवसायीको हकहितको लागि इन्सुरेन्सको व्यवस्था गर्ने, निर्माण व्यवसायीका लागि अक्षयकोषको व्यवस्थ गर्ने रहेको छन । अध्यक्षका दाबेदार थपलियाले निर्माण व्यवसायी संघको भवनको तला थप्ने बताए । थपलियाले आफ्नो नेतृत्वको समुह विजयी भएमा निर्माण व्यवसायी सहकारी संस्था दर्ता गरेर मध्यमस्थरका निर्माण व्यवसायीलाई सहज बनाउन सहकारी पनि संचालन गर्ने बताए । उनले व्यवसायीसँग आम्लदानी नभएको खण्डमा निर्वाचित भएका १८ महिनामा आफ्नो व्यत्तिगत खर्चमा भएपनि तला थप्ने बताए ।

 

थपलियाले नेतृत्वको समुहले बरिस्ठ उपाध्यक्षमा होम बहादुर तामाङ , प्रथम उपाध्यक्षमा धनसिह तामाङ, द्वितीय उपाध्यक्ष दिपक लामा,महासचिवमा सुशील फुयाल उप महासचिव बाबुराम पाण्डे, सचिवमा प्रसाद अधिकारी,सहसचिव सैलेश सिलवाल, कोषाध्यक्षमा शंकर प्याकुरेल र सह कोषाध्यक्ष बिकेश पन्डित रहेका छन । दुबै अध्यक्षका प्रत्च्यासी अधिकारी र थपलियाले पार्टीको आधिकारीक सर्मथन आफुलाई रहने भन्दै जित आफ्नो पक्षको हुने बताएका छन ।

 

त्यस्तै अहिलेका अध्यक्ष अधिकारीको टिममा वरिष्ट उपाध्यक्षको रुपमा सैलेन्द्रराज प्याकुरेल, प्रथम उपाध्यक्षमा गणेशबहादुर तामाङ, दितिय उपाध्यक्षमा पशुपति थापा,महासचिवमा रमेश बस्नेत, सचिवमा रामसिंह तामाङ, सहसचिवमा अशोक अधिकारी, कोषध्यक्षमा राजकुमार श्रेष्ठ,र सहकोषाध्यक्षमा शिवलाल श्रेष्ठ रहेका छन । नुवाकोट निर्माण व्यवसायी संघमा अहिले ४ सय ५० भन्दाबढी सदस्य रहेको नुवाकोट निर्माण व्यवसायी संघले जनाएको छ । अध्यक्षका प्रत्याशी दुबै कांग्रेस निकट भएपनि अधिकारीलाई नेकपा र राप्रापा निकट व्यवसायीको समेत साथ रहेको छ ।