डोटीमा बालश्रमिक नभएको घरमा हरियो झण्डा गाडियो

0
Shares

विमल बिष्ट, डोटी ।
डोटीमा बाल दिवसको अवसर पारेर बालश्रमिक नभएको घरमा हरियो झण्डा गाडिएको छ ।शुक्रबार दिपायल सिलगढी नगरपालिका मेयर मञ्जु मलासीले जिल्ला सदरमुकाम सिलगढीमा बालश्रमिक नभएको घरमा हरियो झण्डा गाड्ने अभियानको सुरुवात गर्नु भएको छ । डोटी जिल्ला लाई नै बालश्रम मुक्त घोषणा गर्ने अभियान अन्तरगत उक्त हरियो झण्डा गर्ने अभियानको थालनि गरिएको मेयर मलासीले बताउनु भयो । ‘हामी बाल श्रम मुक्त जिल्ला घोषणा गर्ने अभियानमा छौ,बालश्रमिक नभएको घरमा हरियो झण्डा गाडेका छौ उहाँले भन्नु भयो ‘बालश्रमिक राख्ने घरमा गाडेका छैनौ,बालश्रमिक राख्नेलाई नगरपालिकाले दिने सुबिधा दिने छैनौ ।’

जिल्लामा बालश्रमिक मुक्तका लागि नगरपालिकाले बिभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । नगरपालिकाले गरेको यो अभियानलाई यहाँका स्थानियबासीहरुले स्वागत योग्य काम भन्दै स्वागत समेत गरेका छन् । डोटी जिल्लाका बिभिन्न निजी घर,पशल तथा होटेलहरुमा लामो समय देखी बालश्रमिकहरु रहेका छन् । बालश्रम अन्त गर्न नगरपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गरेपनि सफल हुन सकेको छैन् । बालश्रमिक राख्नेहरुलाई कानुनी कार्वाहि नगरे सम्म त्यस्को अन्त हुन नसक्ने स्थानियबासी तथा काग्रेस नेता घनस्याम पाठकले बताउनु भयो । उहाँले भन्नु भयो ‘बालश्रमिक राख्नेलाई अभियानले होईन कानुनले ठिक लगाउनु पर्छ ।’