बाल दिवसको अवसरमा ४१ जना बालबालिका पुरुस्कृत

0
Shares

किरन धामी, दार्चुला ।
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ७ धापमा रहेको मालिकार्जुन नमुना माध्यमिक विद्यालले बाल दिवस २०७५ को अवसरमा विद्यालयमा अध्ययनरत ४१ जना बालबालिाकालाई पुरुस्कृत गरेको छ । दिवसको अवसरमा आयोजित एक कार्यक्रमका विच विद्यालयमा विभिन्न कक्षामा अध्ययनरत बालबालिकाहरुलाई पुरुस्कृत गरेको हो ।

नर्सरी कक्षा देखी कक्षा १० मा अध्ययन गर्ने ४१ जना बालबालिकाहरुलाई पुरुस्कृत गरिएको प्रधानाध्यापक सुन्द्र सिंह बुढाथोकीले बताए । २०७४ को एसइइ परिक्षामा (ए) ग्रेड अंक प्राप्त गर्ने तथा कक्षामा प्रथम द्धितिय र तृतिय स्थान हासिल गर्ने बालबालिकाहरुलाई पुरुस्कृत गरिएको उनले बताए । बालअधिकारको रक्षाका साथै उनिहरुमा हौसला बृद्धि गर्न दिवसको अवसरमा पुरुस्कृत गरिएको उनको भनाई छ ।

२०७४ सालको एसइइ परिक्षामा (ए) ग्रेडमा अंक प्राप्त गर्ने निरज भट्ट तथा विद्यालयमा प्रथम स्थान हासिल गर्ने मिलन ओड, द्धितिय स्थान हासिल गर्ने पारष रैखोला र तृतिय स्थान हासिल गर्ने पुष्कर भट्ट लगायत ४१ जना बालबालिकालाई पुरुस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक बुढाथोकीले बताए ।