प्रदेश नम्वर ७ को उर्वर भुमिमा प्रागांरिक पदार्थ रित्तिदै

0
Shares

विमल बिष्ट, डोटी ।
रासायनिक मल र विषादीको अत्याधिक प्रयोगले प्रदेश नम्वर ७ को उर्वरभुमिमा प्रागांरिक पदार्थ घट्दै गएको छ । माटो विज्ञ बामदेव पनेरुका अनुसार रसायनिक मल र विषादीको अत्याधिक प्रयोगले प्रदेश नम्वर ७ को उर्वरभुमिमा प्रागांरिक पदार्थ घट्दै गएको हो । माटोमा प्रागांरिक पदार्थको कमी हुँदै जाँदा विरुवाले माटोबाट आवश्यक्ता अनुसार खाद्य पदार्थ लिन नसक्दा उत्पादनमा कमी हुँदै जाने गरेको विज्ञहरुको दावी छ । माटोलाई जिवित राख्दै बढि उत्पादन लिनका लागि माटोको परिक्षण गराउँदै प्रागांरिक मलको प्रयोग गर्नुपर्ने माटो विज्ञ पनेरुले बताउनु भयो । रशायनिक मलको प्रयोग गर्दा कृषकहरुले माटाको परिक्षण गरेर माटोलाई आवश्यक्ता परेको मलको प्रयोग गर्नुपर्ने भएकाले माटो परिक्षण अनिवार्य रुपमा गर्नैपर्ने उहाँको सुझाव छ ।

‘विरुवाले जिवित माटोबाट प्रांगारिक पदार्थहरु लिने गर्दछ, यहि पदार्थको कारण विरुवाले माटोबाट आफुलाई आवश्यक खाद्यबस्तु लिने गर्दछ उहाँले भन्नु भयो ‘माटोमा जतिधेरै प्रांगारिक पदार्थ भयो त्यति नै छिटो विरुवाले आफुलाई चाहिने वस्तु सोसेर लिन सक्छ ।’ यहाँका उच्च पहाडी क्षेत्र वाहेकका अन्य ठाउँमा प्राङ्गारिक पदार्थ घट्दै जादा उत्पादनमा समस्या देखिएको कृषि क्षेत्रमा काम गर्नेहरु बताउछन् । अहिले माटो परिक्षण प्रयोगशालाले प्रदेश नम्वर ७ का ८८ वटै स्थानीय तहमा माटो परिक्षणको कार्यक्रम पनि राखेको छ । तर प्रदेश नम्वर ७ मा रहेको एक मात्र सरकारी स्तरको माटो परिक्षण प्रयोगशालमा रहेका उपकरण लामो समयदेखि विग्रिएर थन्किएकाले समस्या भएको बताईएको छ ।

तत्काल बढी उत्पादन लिने लोभले रासायनिक मल र विषादी अत्यधिक प्रयोग गर्दा माटोका प्रमुख खाद्य तत्वहरूमा नकारात्मक असर गर्ने गरेको जिल्ला कृषि बिकास कार्यालय डोटीका प्रमुख डाक्टर तपेन्द्रबहादुर शाहले बताउनु भयो । उहाँले भन्नु भयो ‘ बिषादी प्रयोग गर्नु भन्दा पनि माटोको अम्लियपन हटाउन र माटोमा प्रागांरिक पदार्थको वृद्धि गर्नका लागि कृषी चुर्णको प्रयोग गर्न जरुरी छ ।’ माटो परिक्षण गरी माटोको अम्लियपन हटाउन र प्रागांरिक पदार्थ बढाउन सके उत्पादन ५० प्रतिशतले बढ्ने जिल्ला कृषि बिकास कार्यालय डोटीको दाबी छ ।