पक्राउ परेका युुवकमाथी जबरजस्तीकरणीको मुद्धा

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
१६ वर्षीया किशोरीलाई जबर्जस्तीकरणी गर्न खोजेको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका –४, बस्ने २४ वर्षीय नन्दु जोशी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । पक्राउ परेका युवकमाथी आज जबरजस्तीकरणी उद्योगसम्बन्धी मुद्धा दर्ता भएको प्रहरी प्रवक्ता जोशीले बताए । उनले भने“मुद्धा दर्ता भई कानुनी प्रक्रिया अगाडी बढेको छ ” युवकलाई जिल्ला अदालत बैतडीमा म्याद थपका लागी पठाएको छ ।

जबरजस्तीकरणी उद्योगसम्बन्धी मुद्धामा ३ बर्षसम्म जेल सजाय हुनुका साथै ३० हजारसम्म जरिवाना हुने कानुनमा उल्लेख गरिएको छ ।

बुधबार शाहिलेक बजारबाट घर फर्किँदै गर्दा दशरथचन्द नगरपालिका –४, की एक किशोरीलाई ठूलीखोला जंगलमा भन्ने ठाँउमा जोशीले जबर्जस्ती करणी गर्न खोजेको हो । पिडित किशोरीका अनुसार तीजको सामान लिएर घर फर्किरहेको बेला जंगलमा जबरजस्तीकरणी गर्ने खोजेको आरोप रहेको छ । तर युवकले भने किशारीले भेट्न बोलाएर मात्र गएको प्रहरीसमक्ष बयान दिएको छ । १ घण्टा सम्म जवरजस्तीकरणीको प्रयास भएको र आफु संग भएको सर–सामानहरु जंगलमै छोडेर भाग्न सफल भएको पिडित बालिकाको भनाई छ ।
घटना बारे थप अनुसन्धान भैरहेको छ ।