बाल दिवसका अवशरमा छात्रवृती वितरण

0
Shares

राम धामी, डडेल्धुरा ।
राष्ट्रिय बाल दिवस २०७५ का अवशरमा जिल्लाको गन्यापधुरा गाँउपालिकाका बिभिन्न विद्यालयमा अध्ययनरत सिमान्तकृत समुदायका गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीसहित छात्रवृती प्रदान गरिएको छ ।

फिनचर्चएडको सहयोगमा स्थानीयस्तरमा लामो समय देखि कृयासिल गैर सरकारी संस्था एकीकृत विकास समाजले गाँउपालिकाभरिका २५ जना छात्रछात्राहरुलाई शैक्षिक सामाग्रीसहित छात्रवृती प्रदान गरेको हो । गन्यापधुरा गाँउपालिका–१ स्थित सरस्वती माध्यामिक विद्यालय भात्काँडाको प्राङ्गणमा आयोजित छात्रवृती वितरण समारोहमा बोल्दै जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले विपन्न तथा सिमान्तकृत समुदायका बालबालिकाहरुको शैक्षिक विकासका लागि सबै क्षेत्रबाट योजनावद्ध काम हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बाल अधिकार हननका घटनाहरुमा न्युनीकरण र बाल श्रम शोषणको अन्त्यका लागि स्थानीय सरकारबाट पहल हुनुपर्ने बताए । गन्यापधुरा गाँउपालिकाका अध्यक्ष नबलबहादुर मल्लको सभापतित्वमा सम्पन्न समारोहमा सिमान्तकृत समुदायका गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई जनही दुई हजार एक सय नगदसहित झोला, कापी, कलम, सिसाकलम, एरेजर, औजार बक्स लगायतका शैक्षिक सामाग्री हस्तान्त्ररण गरिएको थियो ।

एकीकृत विकास समाजले गन्यापधुरा गाँउपालिका र सो गाँउपालिकामा रहेका बिभिन्न सामुदायीक विद्यालयहरुसँग समन्वयगरि छात्रवृतीका लागि बालबालिका छनौट गरेको र सिमान्तकृत तथा विपन्न समुदायको आर्थिक विकासका लागि योजनावद्ध रुपमा काम भईरहेको सो संस्थाकी कार्यकारी निर्देशक पदमा गुरुङले बताईन ।