प्रदेश मातहतको स्वास्थ्य कार्यालय स्थापना

0
Shares

नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा गण्डकी प्रदेशमा तहत रहने गरी स्वास्थ्य कार्यालय स्थापना गरिएको छ । लमजुङ र मनाङ समेत कार्यक्षेत्र रहेको सो कार्र्यालयको प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उदघाटन गरिन् ।

उदघाटन मन्तव्य व्यक्त गर्दै मन्त्री पुनले गण्डकी प्रदेशमा ५ वटा मात्र स्वास्थ्य कार्यालय रहने प्रावधा नअनुसार लमजुङले दुई जिल्ला हेर्ने जिम्मा पाएको बताइन् । उनले भनिन्  संघीय मन्त्रिपरिषदमा ११ वटै जिल्लामा कार्यालय राख्ने प्रस्ताव संघीय सरकारमा माग गरी पठाइएको छ ।

‘हामीले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क र अनिवार्य हुनुपर्छ भनेर संघीय सरकारसम्म कुरा लगेका छौं,’ उनले भनिन् ‘त्यसका लागि पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्दै सेवा प्रवाहलाई चुस्त पनि बनाउनुपर्छ ।’

मन्त्रीपुनले मुलुक अहिले संघीयताको कार्यान्वयनको चरणमा रहेको हुँदा संक्रमणकालीन अवस्थामा रहेको बताउँदै कर्मचारीले उच्चमनोवलका साथकाम गर्न सुझाव दिईन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक तारानाथ पौडेलले जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा दिनुपर्ने भएकाले स्वास्थ्यकर्मीहरुले उच्चमनोवलका साथ निःस्वार्थ रुपमा खट्न निर्देशन दिए । ‘अब म संघीय सरकारको कर्मचारी हुँ वा प्रदेश सरकारको भनेर छुट्याई रहनु पर्ने आवश्यकता छैन,’ उनले भने, ‘हामी स्वास्थ्यकर्मी हौं, हाम्रो काम, कर्तव्य र जिम्मेवारी सेवा दिने हो भन्ने संझिनु पर्छ ।’

त्यस्तै, बेसीसहर नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी अधिकारी, नेपाल कम्युनिष्ट पार्टी काकार्यालय संयोजक कृष्णप्रसाद अधिकारी, नेपाली काँग्र्रेसका सचिव हरिप्रसाद बराल, महिला स्वास्थ्य स्वयंसेविकाका तर्फबाट राममाया श्रेष्ठ लगायतले पनि स्वास्थ्य कार्यालयको स्थापनाले थप प्रभावकारी सेवामिल्ने विश्वास व्यक्त गरे ।

लमजुङमादुई वटा सरकारी अस्पताल, दुई वटा प्राथामिक स्वास्थ्य केन्द्र, ५७ वटा स्वास्थ्यचौकी, ७ वटा नगरस्वास्थ्य केन्द्र, ८ वटा सामुदयिक स्वास्थ्य इकाई र ६ वटा निजी अस्पताल रहेको चापागाइँले बताए । उनका अनुसार लमजुङमा १ लाख ७१ हजार १ सय ५ सय र मनाङमा ६ हजार ३ सय ९५ जनसँङ्ख्या रहेको छ । मनाङमा एउटा सरकारी अस्पताल र १३ स्वास्थ्यचौकी ३ वटा सामुदायिक स्वास्थ्यइकाई रहेका छन् । नवस्थापित कार्यालयमा वरिष्ठ जनस्वास्थ्य अधिकृत सहित ११ कर्मचारीको दरबन्दी रहेको छ ।