धापासीको हरिहर आश्रम क्षेत्रमा बृक्षारोपण कायर्यक्रम

0
Shares

काठमाडौँ ।
समाजसेवाको क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउदै आएको लायन्स क्लब अफ गुल्मी , लायन्स क्लब अफ रेसुगाले धापासीको हरिहर आश्रम क्षेत्रमा बृक्षारोपण कायर्यक्रम संपन्न गरेको छ ।

धुपी बेलौति स्वामी , पिपल , अमला रुद्राक्ष लगायत २ सय भन्दा बढी बिरुवा रोपिएको थियो भने बिगतमा रोपिएका बिरुवाको प्रबद्र्धन समेत गरिएको थियो ।

लायन्सका नेताहरु राजन लम्साल , बालकृष्ण बुर्लाकोटी , भीमलाल पोैड्याल , लीला खरेल , मञ्जरी खरेल लायन्स गुल्मीका अध्यक्ष रामहरि ज्ञवाली , लायन्स गुल्मी रेसुगाकी अध्यक्ष जमुना पौडेल , बरिष्ठ पत्रकार टंक पन्त लगायतले बृक्षा रोपण गरेका थिए । सो कार्यक्रमका लागि खोज तथा अनुसन्धान बिकास केन्द्र नेपालका नारायण ज्ञवालीले बिरुवाहरु उपलब्ध गराएका थिए ।


श्रम तथा सहकारी मन्त्री गोकर्ण बिष्टको प्रमुख आतिथ्यता एवं लायन्स कलब गुल्मी , रेसुगा सहितको बिशेष सहभागितामा लायन्स क्लब डिष्ट्रिक ३२५ बी वानको संयुक्र पदस्थापन कार्यक्रम पनि सम्पन्न भएको छ । त्यसै गरी रेसुगाको क्लबको छैठौ चार्टर नाइट कार्यक्र पनि लायन्स क्लबले गर्दै समाजसेवा र आगामी दिनमा गर्ने कार्यक्रमको समीक्षा गरी सम्पन्न भएको छ ।

क्लबकी अध्यक्ष जमुना पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राजन लम्साल , भीमलाल पौडेल , भुुुगोल शेरचन , मञ्जरी खरेल, रीता खनालले क्लबले छोटो समयमा पनि समाज सेबाको क्षेत्रमा गरेका महत्वपुर्ण कार्यको चर्चा गरेका थिए । क्लबले स्वास्थ शिबिर , रक्तदान जस्ता कार्य गर्दे आएको छ ।

लायन्स क्लब अफ लर्डबुद्धले दुख पाएका निशहाय बालबालिका , महिलालाई बिशेष सहयोग गर्ने गरेको छ । दुइ दिन अघि मात्रै लर्ड बुद्धका अध्यक्ष बिष्णु भण्डारीको नेतृत्वमा चितवन गएको क्लबले टोलीले त्यहाका असहाय गरीब दुखीलाइ सहयोग हस्तान्तरण गरेर फर्किएको छ । सो क्लबले असोजको दास्रो हप्ता गुल्मीमा ठुलो स्वास्थ्य शिबिर संचालन गर्ने गरी तयारी पनि गरेको क्लबका अध्यक्ष भण्डारीले बताएका छन । डा भगवान कोइरालाको नेतृत्वमा स्वास्थ्य कर्मीको टोलीलाई सो स्वास्थ्य शिबिरमा लगिने भएपछि गुल्मेलीहरु उत्साहित भएका छन ।