पर्वतारोही दक्षिण कोरीयाली नागरिक अम होङ गिल संखुवासभामा सम्मानीत

0
Shares

ईन्द्र गिरी, संखुवासभा ।

संखुवासभाको खादवारीमा आज सामाजिक अभियन्ता एवं पर्वतारोही दक्षिण कोरीयाली नागरिक अम होङ गिललाई सम्मान गरिएको छ । उनिलाई शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै जिल्ला समन्वय समितिले सम्मान गरेको हो ।

उनले अम होङ गिल ह्यूमन फाउण्डेसन मार्फत संखुवासभाको मकालु स्थित आधुनिक भुकम्प प्रतिरोधी हेमाद्रि माध्यमिक विद्यालयलको भवन निर्माण गरेका छन । फाउण्डेशन मार्फत निर्मित विद्यालय, छात्राबास लगायत सुविधा सम्पन्न आधुनिक भवन निर्माणमा करिव ५ करोड रुपैया लागत लागेको थियो । तिन तले नया निर्मित भवनको १२ कोठा रहेका छन ।

नेपालका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गरिसकेका अम होङ गिल संखुवासभाको मकालु हिमाल आरोहण गर्न आएको बेला विद्यालय जिर्ण अवस्थामा देखेपछि फाउण्डेशन मार्फत भवन निर्माण गरेको अम होङ गिलले बताउनु भयो । उहाले विद्यालय भवन आधुनिक निर्माणले नेपालको शिक्षाको विकासमा सहयोग पुग्ने चर्चा गदै नेपालमा फाउण्डेशन मार्फत विभिन्न स्थानमा १४ विद्यालय भवन निर्माण गरेको र स्वास्थ्य पर्यटन लगायतको क्षेत्रमा सहयोग पुर्याएको बताउनु भयो ।
सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले संखुवासभामा शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा योगदान पुर्याएकोले सम्मान गरिएको बताउनु भयो । उहाले जिल्लाको हिमाली क्षेत्रमा आधुनिक सुविधा सम्पन्न विद्यालय भवन निर्माणले विद्यार्थीलाई थप पढने उत्साह जाग्ने धारणा राख्दै सहयोगकालागी आभार प्रकट गर्नु भयो ।

उक्त कार्यक्रममा ८ हजार भन्दा बढि १४ हिमाल सफल आरोहण गर्ने संखुवासभा मकालुका दाजु भाई मिङमा शेर्पा र उनका भाई छ्याङदावा शेर्पालाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रमुख, नगरपालीकाका प्रमुख, उपप्रमुख लगायत संघ सस्थाका प्रतिनिधि लगायत ब्यापारी बुद्धिजिविको उपस्थिति रहेको थियो ।