अबरुद्ध भएको दुई महिना पछि सडक सुुचारु

0
Shares

किरन धामी, दार्चुला ।
पहिरोका कारण गत साउन २ गतेबाट अवरुद्ध भएको दार्चुलाको लटिनाथ पारीबगड सडक खण्ड दुई महिना पछि विहीबारबाट सुुचारु भएको छ । अविरल वर्षाका कारण सडक मुनिबाट पहिरो जादा उक्त सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको थियो । सडक अबरुद्ध हुँदा सो क्षेत्रका स्थानिय पैदल हिड्न बाध्य भएका थिए । सडक सुचारु भए संगै सवारीका साधनहरु समेत संचालनमा आएका छन् ।

मार्मा गाउँपालिकाले स्काइभेटर प्रयोग गरी पहिरोका कारण भत्किएको सडक मर्मत गरे पछि यातायातका साधनहरु संचालनमा आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य समान लिन समेत सास्ती भएको सो क्षेत्रका स्थानियले बताएका छन् ।…..