चार विद्यालयलाई शिशु कक्षा सञ्चालनको अनुमति

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिकाले शिशु कक्षा सञ्चालनका लागी चार विद्यालयलाइ अनुमती प्रदान गर्ने भएको छ ।

विहिबार बसेको गाउँ शिक्षा समितीको बैठकले शिशु कक्षा सञ्चालनका लागी माग भइ आएका सरस्वती प्रावि गाँडापानी, जनज्योती प्रावि सिमलकुना, सरस्वती प्रावि कालापात्ला, जनचेतना प्रावि लापुलाइ अनुमती प्रादन गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत जीवराज केसीले जानकारि दिए । सानै उमेरमा शिक्षा मैत्री वातावरणमा हुर्काउँदै लैजाने अवधारणा अनुसार शिशु कक्षाले बालवालिकाको चौतर्फि विकासमा सहयोग गर्ने भएकाले कक्षा सञ्चालनका लागी अनुमती दिने निर्णय भएको उनले जानकारि दिए ।

शिक्षा समितीको समेत अध्यक्ष रहेका गाउापालिका प्रमुख भिम बहादुर सेनको अध्यक्षतामा सम्पन्न बैठकले कपुरकोट सामुदायीक सिकाइ केन्द्र कपुरकोट ३ र सरस्वती सामुदायीक सिकाइ केन्द्र कपुरकोट ५ लाइ २०७६ असार मसान्त सम्म नविकरण गर्ने निर्णय पनि गरेको छ । यस्तै गाउँ शिक्षा शाखामा एकजना मात्रै जनशक्ति भएकाले दैनिक कार्य सञ्चालन गर्न कठिनाइ परेको भन्दै जनज्योती प्रावि सिमलकुनामा कार्यरत शिक्षक उमेस सुवेदीलाइ अर्काे व्यवस्था नभएसम्मको लागी गाउँपालिकाकोे शिक्षा शाखामा कामकाज गर्न खटाउने निर्णय भएको शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले जानकारि दिए ।

साथै कपुरकोट ५ स्थीत सिद्धबाबा आधारभुत विद्यालय सिस्नेरिको भौगोलिक अवस्था विद्यार्थी संख्या, पठनपाठनको स्थीतीलाइ ध्यानमा राखि नजीकै रहेको अर्काे विद्यालय सरस्वती आधारभुत विद्यालय संग समन्वय गरि समुदायद्धारा विद्यालयको आवश्यक व्यवस्थापन वा मर्ज के गर्न सकिन्छ सो को जानकारि शिक्षा शाखामा गराउन निर्देशन गर्ने निर्णय भएको पनि भण्णरीले जनाए । ।