नुवाकोटमा सर्वाधिक राशिको कविता महोत्सव हुने

0
Shares

नुवाकोट ।
नुवाकोटमा सर्वाधिक रााशिको दोस्रो रााष्ट्रिय कविता महोत्सव २०७५ हुने भएको छ ।
नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा आगामी मंसिर १५ गते हुने प्रतियोगितमा विजेतालाई नगद ५० हजार रुपैयाँ दिइने आयोजक नुवाकोट साहित्य प्रतिष्ठानले जनाएको छ । त्यस्तै कविता महोत्सवमा दोस्रो हुनेलाई ३० हजार रुपैयाँ र तृतीय हुने २ जनालाई २० हजार रुपैयाँ दिइने नुवाकोट साहित्य प्रतिष्ठानका उपाध्यक्ष मुकुन्दराज अर्यालले बताए । महोत्सव संचालन गनृ करिव ५ लाख लाग्ने आयोजकले जनाएको छ ।