चितवनको कुरिनटारबाट त्रिशुलीमा हाम फालेर एक बेपत्ता

0
Shares

चितवन ।
चितवनको इच्छाकामना गाँउपालिका ४ केबुलकार स्टेशन नजिकबाट हाम फालेर एक महिला त्रिशुलीमा बेपत्ता भएकी छन् । सिन्धुलीको दुधौली नगरपालिका २ भुलवाही घर भई काठमाण्डौ बस्दै आएकी २७ बर्षिय दिक्षा खनाल बेपत्ता भएकी हुन् । उनि बुधवार श्रीमान कुशल पौडेलसंग कुरिनटार आएकी थिइन् । ३ बर्षिय छोरा हार्दिक पौडेललाई केबुलकार रेष्टुरेन्टमा छाडेर त्रिशुलीमा हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् । बेपत्ता दिक्षाकोे खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनको टोली र बेपत्ता महिलाका आफन्त खोजी कार्यमा लागेका छन् ।