चितुवा प्रभावित क्षेत्रमा प्रहरीचौकी स्थापनाका लागि निरीक्षण

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा प्रहरी चौकी स्थापनाका लागी निरीक्षण गरिएको हो । बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरी, अनुसन्धान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पवन जोशी, शत्रसमर्दन गुल्मका गुल्मपती, सेनानी पे्रम बहादुर गिरी लगायतको एक टोलीले आज शिवनाथ गाउँपालिकाका निरीक्षण गरेको हो । शिवनाथ गाउँपालिकाको बिशेष अनुरोधमा उक्त क्षेत्रमा निरीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शिवनाथ चितुवा प्रभावित क्षेत्र भएकोले तथा गाँउपालिकाको केन्द्र सुल्लेखानमा बैंक स्थापनाको लागी सुरक्षा नहुँदा स्थापना नसकेकोले प्रहरी चौकी स्थापनाको लागी माग गरिएको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताईन्।

स्थानीय सरकारको आग्रह तथा सुरक्षाको दृष्टिकोणले त्यँहा आवश्यक रहेकोले प्रहरी चौकी थप्नका लागी निरीक्षण गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए । सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्ने बिषय जिल्ला सुरक्षा समितिमा पारित भई ७ नं प्रदेश प्रहरी कार्यालयमा पठाईसकेका छ । तर ७ नं प्रदेश प्रहरी कार्यालयवाट पुनः एक पटक निरीक्षण गर्न निर्देशन आएपछी उक्त क्षेत्रमा निरीक्षण गरिएको प्रहरी नायव उपरिक्षक गिरीले बताए । निरीक्षणपश्चात सिफारिस गरेर ७ नं प्रदेश प्रहरी कार्यालयमा पठाईने र अबको १५ दिनभित्रै चौकी स्थापना हुने बताईएको छ ।

प्रहरी चौकी स्थापनापछि प्रहरीका लागि आगामी दिनमा शान्ती सुरक्षा र कार्य सम्पादनका लागि सहज हुने विश्वास गरिएको छ । जिल्लामा हाल ३१ वटा प्रहरीचौकी रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । तल्लोस्वराडमा चितुवाको आक्रमणमा परी ६ बर्षयता २३ जनाले ज्यान गुमाएका छन् भने दर्जन बढी घाईते भएका छन् ।