डोटीमा भेटिए ८ जना हेपाटाईटिस ‘बि’ का बिरामी

0
Shares

विमल बिष्ट, डोटी ।
डोटीको जोरायल गाउपालिका २ रुपसकाँडा गाउमा ८ जना हेपाटाईटिस ‘बि’ का बिरामी (संक्रमित) भेटिएका छन् । सामाजिक बिकास मन्त्रालयको रोग नियन्त्रण महाशाखा तथा स्वाथ्य निर्देशनलय काठमाण्डौ बाट हालै आएको टोलीले उक्त गाउका एक सय १२ जनामा गरेको रगत परिक्षण बाट ४ जनामा हेपाटाईटिस ‘बि’ को संक्रमण फेला पारेको हो । डाक्टर विकास दवाडीको नेतृत्वमा आएको टोलीले उक्त रोगका संक्रमितहरु फेला पारेको स्थानिय भरत कुँवरले जानकारी दिनु भयो ।

यस अघि स्थानिय मेडिकलमा रगत परिक्षण गर्दा अन्य चाँरमा पनि उक्त रोगको संक्रमण फेला परेको सामाजिक बिकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताउनु भयो । उहाँले भन्नु भयो ‘चार जना स्वास्थ्य निर्देशनालय बाट गएको टोलीले चेक जाँच गर्दा र चाँर जनामा स्थानिय मेडिकल बाट रगत परिक्षण गराउदा संक्रमण फेला परेको छ,सबैको स्वास्थ्य उपचारका लागि पहल भईरहेको छ ।’ हेपाटाईटिस ‘बि’ को संक्रमण तथा अनुसान्धानका लागि मन्त्रालयले सम्बन्धित निकाय र सरोकारवाला संग समन्वय गरीरहेको उपचारमा गएको टोलीका डाक्टर दवाडीले बताउनु भयो । ‘हामी उपचारात्मक,प्रबर्धनात्मक र प्रतिकारात्मक सेवाका लागि सक्रिय रुपमा लागि परेका छौ,उहाँले भन्नु भयो ‘बिमारीको बिषयमा कसैले पनि अनावस्यक र गलत प्रचार नगरि दिए हुन्थ्यो ।’