प्रदेश १ मा १० किलोमिटर सडक र ६ शहरलाई नमुना बनाईने

0
Shares

सरोज यादव, विराटनगर ।
प्रदेश नं १ सरकारले वढदो सडक दुघर्टना न्युनिकरणका लागि विशेष अभियान स्वरुप ६ जिल्लामा सडक शुसासन अभियान लागू गरेको छ । पहिलो चरणमा प्रदेशका मोरङ,सुनसरी,झापा,इलाम,धनकुटा र उदयपुरमा १० किलोमिटिर क्षेत्रको राजमार्गलाई बिकास गरी नमुनाको रुपमा सडक शुसासन अभियान लागू गरिएको हो ।

साथै नमुना राजमार्ग क्षेत्र भित्र पर्ने ६ बटा शहरलाई समेत नमुना शहर बनाइने भएको छ ।मुख्यमन्त्री शेरधन राईको परिकल्पना अनुसार मोरङको विराटनगरको मेनरोड र सुन्दरहरैचा गछिया राजमार्ग,सुनसरीको इटहरी वुढीखोलादेखि रामधुनी झुम्का बजार,झापाको विर्तामोडको मुक्तीचौकदेखि सुरुगाको माइखोला पुल, इलामको किटेनी जोरकलमदेखि हर्कटे,धनकुटाको पात्लेखोलादेखि कागते चौक र उदयपुरको गाईगाटबजारदेखि जलजले ढाटसम्मको १० किलोमिटर राजमार्ग क्षेत्रलाई नमुना सडक निर्माण गरी प्रदेश सरकारले सडक शुसासन अभियान संचालनको तयारी गरेको हो।

जसमा ती राजमार्ग क्षेत्र भित्र समेटिने मोरङको विराटनगर,विराटचौक,सुनसरीको इटहरी बजार,झापाको लक्ष्मीपुर,विर्तामोड बजार,इलामको इलाम बजार,धनकुटाको भेडेटार बजार र उदयपुरको गाईघाट बजारलाई नमुना शहरको रुपमा बिकास गरिने छ । विराटनगरमा विहिबार सडक सुशासन तथा सुरक्षा बिषयक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले स्थानीय तहसंगको सहकार्यमा यो कार्यक्रम सुचारु गरिएको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेशका ६ जिल्लामा पहिलो पल्ट प्रयोगमा ल्याउन लागिएको सडक शुसासन अभियानका लागि तयार पारिएका सडकहरु आमा नागरिकले सबै प्रकारको सुरक्षाको अनुभुति दिलाउने खालका मापदण्डमा तयार पारिने जानकारी दिए । उनले १० किलो मिटिर राजमार्ग क्षेत्रसबै प्रकारको भय,शास्तीबाट मुक्त हुने खालका ,सडकका स्तर पहिचान निर्धारण गरिने निर्माण गरिने बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सडक दुर्घटनाको अबस्था भयावहको स्थिती रहेपनि समिति स्रोत साधनको अधिकत्तम उपयोग गरी सडक शुसासन अभियान सफल हुनेमा दाबी गरे ।