घरको छतबाट लडेर घाइते बालिकाको उपचार हुँदै

28
Shares

अर्जुन बोहरा सिमकोट ।
सर्केगाढ गाउँपालिका जैरका बालीका कमला भियाँल घरको छतबाट लडेर गम्भिीर घाइते भएकी छन् । बालिका भियाँल खेल्दाखेल्देै आफनै घरको छतबाट लडेर दाँयाँ आँखमा गम्भीर चोट लागेको वालिकाका बुवा चाउरे भियाँलले जानकारी दिए ।

घाईते वालिका भियाललाई वडा कार्यालय र सामाजिक संघसंस्थाको पहलमा थप उपचारका लागि काठमाडौं लग्ने तयारी गरिरहेको समेत वडा अध्यक्ष गोकुल बुढाले बताउनु भएको छ । घाइते वालिका भियाँल लाई जिल्ला अष्पतालमा उपचार हुन नसक्ने भएपछि काठमाडौं रिफर गरेको सर्केगाड गाउँपालिका १ का वडा अध्यक्ष बुढाले बताउनु भयो ।

 

जिल्ला अस्पताल हुम्लालामा उपचार संभवना नभए पछि घाइेत वालिकाका उपचारको लागि वडाकार्यलय ,विभिन्न संघसंस्था लाई सहयोगको लागि हारगुहार गरेको वडा अध्यक्ष बुढाले बताए । उहाँअनुसार वालिका लाई निकै समस्या भएको थियो । घरको आर्थिक कमजोरकै कारणले थप उपचारका लागि काठमाडौं लिन हवाई जहाज भाडा र उपचार खर्चका लागि पनि समस्या देखिए पछि आफुले जिल्लाका सामाजिक संस्थालाई अनुरोध गरेको बताए ।

घाईते बालिका भियाँलको लागि उपचारको लागि केहि संस्थाहरुले सहयोगिकोहातहरु भेटिए । नेपाल अष्ट्रिया साझेधारी संस्थाका अध्यक्ष छेपालजोर्जे लामाले सिमकोट देखि काठमाडौं सम्मको हवाई भाडा भन्दै ११ हजार रकम सहयोग गरेको अध्यक्ष बुढाले बताउनु भयो । काठमाण्डौमा उपचारका लागि हुने खर्चमा पनि आधार विकास नेपालका तर्फबाट जिल्ला शिक्षा संयोजक कुञ्जोक लामाले उपचारका लागि सहयोग गर्ने बताए । वडाअध्यक्ष बुढाले भन्नु भयो घाईते वालिकाको उपचारको लागि केही आर्थिक सहयोग जुटेपछि बुधबार नै घाइते वालिका लाई काठमाडौं लगिएको बताउनु भयो ।