रुकुमका पहिरो पिडितहरुलाई राहत वितरण

0
Shares

धनवीर दाहाल/दिपेन्द्र शर्मा, रुकुम ।
कर्णाली प्रदेश सरकारले रुकुमका पहिरो पिडितहरुलाई राहत वितरण राहत वितरण गरेको छ । रुकुम आठविसकोट नगरपालीकाका पहिरोवाट पिडित ३१ घरपरिवारलाई कर्णाली प्रदेश सरकारका तर्फवाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले रुकुमको राडीवजारमा राहत वितरण गर्नुभएको हो ।

 

गत साउन २८ गते देखि भाद्र ४ गते सम्म गएको पहिरोवाट आठविसकोट नगरपालीकाका वडा नंम्बर ४,९ र ११ का पहिरोवाट विस्थापीत ३१ घरपरिवारलाई प्रति परिवार २० हजारका दरले राहत प्रदान गरिएको छ । नगरपालीका विभिन्न वडाहरुमा ३१ घरपरिवार पहिरोवाट विस्थापित भएका थिए । पहिरोका कारण पुर्णरुपमा क्षति भएर घरवास विहिन वनेका ३१ घरपरिवारलाई प्रदेश सरकारका तर्फवाट राहत वितरण गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो । पहिरो पिडितहरुलाई यसअघि आठविसकोट नगरपालिकाले प्रति घरपरिवार रु पाँच हजार, जिल्ला प्रशासन कार्यालयरुकुमले ९ हजार र रेडक्रसले दाल चामल तथा वन्दोवस्तिका सामानहरु वितरण गरेको थियो । गत साउन २८ गते देखि भाद्र ४ गते सम्म गएको पहिरोवाट आठविसकोटमा मात्रै २५ करोड वरावरको क्षती भएको नगरप्रमुख गोरख वहादुर केसीले जानकारी दिनुभयो ।

 

एकिकृत नमुना वस्ती वनाइने
कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले पहिरोपिडतका लागी एकिकृत नमुना वस्तीको विकास गरिने बताउनुभएको छ । आठविसकोटका पहिरोपिडित परिवारलाई पुनस्थापनाका लागी प्रदेश सरकारका तर्फवाट पहल गरिने बताउनुभएको हो । पहिरोका कारण जोखिममा परेको वस्ती लाई एकिकृत नमुना वस्ती विकासको लागी कुनै कसुर वाँकी नराख्ने मन्त्री केसी बताउनुभयो । यसको नेतृत्व नगरपालीकाले लिने र प्रदेश सरकार यसको सहयोगी भुमिका खेल्ने उहाँले बताउनुभयो । विकट ठाँउका छरपष्ट घरहरुमा विकासका पुर्वाधार पु¥याउन मुस्किल हुने भन्दै वस्तिलाई एकिकृत गर्नुपर्ने मन्त्री केसीले बताउनुभयो । प्राकृतिक प्रकोप दुःखद भएपनि यसवाट केहि फाईदा समेत लिनसकिने वताउँदै मन्त्री केसीले पहिरोवाट विस्तापित घरपरिवारलाई एकै ठाउँमा वसाल्नुपर्नेमा जोड दिनुभयो ।