वडा अध्यक्ष शाही द्धारा आफनै वडाका विद्यार्थीलाई छात्रवृती

0
Shares

अर्जुन बोहरा, सिमकोट ।
हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष कर्णजंग शाहीले आफुले पाउने पारिश्रमीबाट आएको रकम बाट छात्रवृती दिने घोषणा गरेका छन् । सरदमुकाम सिमकोटमा रहेको हिलारी होटलमा जिल्ला स्थिती पत्रकार समक्ष आफु निर्वाचित भए देखि नै ५ बर्ष सम्म छात्रवृती दिने घोषण गर्नु भयो । आफुले पनि सानै उम्मेरमा विद्यालयमा अध्ययन गर्ने वेला पाएकोे दुख अहिलेका विद्यार्थीहरुले नपाओस भन्ने हिसाबले अब देखि कोष स्थापना गर्नुको साथै,यस बर्षमा विद्यालय पोशाक सहयोग अध्यक्ष शाहीले बताउनु भयो । वडानं ५मा रहेका चार वटा विद्यालयमा विभिन्न तहमा अध्यायन गर्ने २ सय २० जान विद्यार्थी रहेको वडा अध्यक्ष शाहीले बताए ।

आर्थिक बर्ष ०७४÷०७५ सालको पाउने पारिश्रमीक सबै चार वटै विद्यालयका विद्यार्थीहरु लाई विद्यालय पोशक वितरण गरिने तयारी भईरहेको अध्यक्ष शाहीले पत्रकार सम्मेलन गरेर घोषणा गर्नु भयो । वडा अध्यक्षले प्रति महिना पाउने १९ हजारका दरले गएको बर्षको रकम २ लाख २८ हजार रकम प्रति विद्यार्थी लाई ७ सय बराबरको विद्यालय पोशक खरिद गर्ने अध्यक्ष शाहीले बताए ।

उहाँका अनुसार आफनो कार्यकाल भरि आफनो वडामा पचास हजारको अक्षय कोष स्थापना गर्ने र बाँकी पोशकमा खार्च गर्दा २ लाख १५ हजार लाग्नेअध्यक्ष शाहीको भनाई छ । पहिलो वर्षको पारिश्रमिक विद्यालयका विद्यार्थी लाई पोशक वितरण हुने र बाँकी रकम अक्षय कोष स्थापान हृुने भएको छ।

आर्थिक बर्ष ०७५÷०७५०६सालबाट वार्षिक कमाईको २० प्रतिशतले हुन आउने ४५ हजार ६ सय रुपैयाँ अक्षय कोषमा जम्मा गर्दे जाने बताए । कोषमा जम्मा भएको बजेट बाट आफना वडामा मात्र नभई गाउँपालिका भरिका विद्यालयमा अध्यायन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति सहयोग गर्ने अध्यक्ष शाहीले बताए । त्यसै गरि आफु नेपाली काँग्रेस पार्टी बाट टिकट नपायता पनि स्वतन्त्र बाट निर्वाचनमा जितेको काँग्रेस पार्टी बाट सहयोग पाएको बताए । आफुले हुम्लामा पहिलो पटक पार्टी लाई पनि ५ प्रतिश रकम सहयोग गर्ने समेत खुलासा गर्नु भयो ।

हुम्लामा सात वटा गाउँपालिका ४५ वडा मध्ये आफुले पाउने पारिश्रमिक बाट सामाजिक क्षेत्रमा लगानी गर्ने अध्यक्ष शाही हुम्ला जिल्ला कै पहिलो जनप्रतिनिधि बनेको छन् ।