प्रदेशीका घर–घरमा आम्दानीमुलक व्यवसाय

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलवारी निवासी देविकुमारी आचार्यलाई यस्तो पनि गरिएला भन्ने कल्पनै थिएन । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका छोराको कमाईले परिवार चल्दैथियो । उहाँको परिवारमा आम्दानीको वाटो पहिल्याउने कुनै मेसै थिएन ।

तर हाल देवीकुमारीको जग्गा तरकारीले हराभरा वनेको छ । ४३ बर्षिया आचार्यको तीन रोपनी बढी जग्गामा टमाटर, बन्दा, काउली, लसुन लगायत विभिन्न जातका तरकारी रहर लाग्दो गरी फलेका छन् ।

गर्दा के नहुने रैछ र ? ६ हजार रुपैंयाँ लगानीमा सुरु गरेको व्यावसायिक तरकारि खेती उहाँको परिवारको लागि राम्रो आम्दानीको स्रोत बनेको छ । देवीकुमारीले नपत्याउँदो ढंगवाट त्यही तरकारी खेतीवाट मासिक १६⁄ १७ हजार रुपैंयाँ आम्दानी लिनुहुन्छ ।

देवीकुमारीले आम्दानी र खर्चको विवरण समेत चुस्त राख्ने गर्नुहुन्छ । यसो गर्दा खर्च घटाउन र आम्दानी वढाउन सकिने उहाँको अनुभव छ ।

देवीकुमारीलाई एक प्रतिनिधिको रुपमा मात्र लिइएको हो । खर्च को हिसाब राख्दै जिवनलाई सहज मार्गमा डोरयायी रहनु भएको छ । हाल सो वडावाट वैदेशिक रोजगारीमा गएकाको सवै परिवारले आम्दानीको वाटो समाएका छन् । स्थानीयले घरायसी खर्चका लागि घरैमा आम्दानी गरी वचत गर्न तथा वैदेशिक रोजगारीवाट आफन्तले कमाएको रकम वचाउन थालेका छन् ।

परदेशीले दुःख गरी कमाएको रकमको महत्व वुझी घरैमा पनि आम्दानीका वढाउनुपर्ने त्याहाँका स्थानीयको वुझाई छ । यो खालको वुझाई वित्तीय साक्षरता कक्षावाट प्राप्त भएको स्थानीय महिलाहरु सुनाउँछन् ।

वैदेशिक रोजगाारीमा गएको परिवारका सदस्य अर्थात रेमिट्यान्स सञ्चालकहरुलाई प्रदान गरिने २८ हप्ते वित्तीय साक्षरता कक्षामा सहभागि भएपछि आम्दानीमुलक व्यवसाय सुरु गर्ने जाँगर पलाएको स्थानीयको भनाई छ ।

परिवार सञ्चालन सम्बन्धी जोखिम न्युनिकरण र भोलिका दिनमा कसरी आर्थिक रुपले सम्पन्न वन्ने भन्ने बिषयमा छलफल भएपछि उक्त टोलका स्थानीयले विभिन्न सहकारी तथा वित्तीय संस्थाहरुमा बचत बढाएर जीवन बिमा समेत गराएका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङ र दितmेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको वितिय साक्षरता कक्षाले पुरै वडामा परिवर्तन आएको वताईएको छ । सहभागिलाई टनेल, पाइप, हजारी, स्प्रिीङकल र विभिन्न जातका तरकारीक विउ समेत वितरण गरिएको थियो । उक्त सामाग्रीहरुलाई उपयोगमा ल्याएपछि झनै आम्दानी वढाउन सकिएको सहभागीहरु वताउँछन् ।

सुरक्षित आप्रवासन परियोजना(सामी) अन्र्तगत सञ्चालन गरिएको वित्तीय साक्षरता कक्षावाट वित्तीय लक्ष्य निर्धारण हुनका साथै वैदेशिक रोजगारीलाई सुरक्षित वनाउने उपायहरुको वारेमा समेत छलफल गर्ने गरिएको छ । उक्त कक्षाका सहभागीहरुले सिकेका कुरालाई व्यवहारिक जीवनमा प्रयोग गरेकाले सफल वनेको वित्तीय साक्षरता सहजकर्ता मिनप्रसाद आचार्यको भनाई छ ।