मोरङमा जिल्ला स्तरीय बडिबिल्डीङ प्रतियोगिता हुने

0
Shares

सरोज यादव, विराटनगर ।
मोरङमा जिल्लास्तरीय बडिबिल्डीङ प्रतियोगिता हुने भएको छ । युवायुवतीहरुलाई लागूऔषधको दुब्र्यसनबाट जोगाउन तथा शारीरिक सुंगठनप्रति आकर्षितगर्न प्रतियोगिता गर्न लागिएको हो । मोरङ शारीरिक सुंगठन र फिटनेस संघको आयोजनामा आउदो असोज २८ गते प्रतियोगिता हुन लागेको हो ।

आयोजकले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको छ । आयोजक संस्थाका महासचिव नविनविक्रम शाहले असोज २८ गते स्थानिय वीरेन्द्र सभागृहमा हुने प्रतियोेगिताको तयारी शुरु गरिएको जानकारी दिए । ५५ देखि ७५ केजीसम्म विभिन्न ५ वटा तौल समूहमा हुने प्रतियोगितामा जिल्लाका जो कोहि पनि सहभागिता हुन पाउने छन । आयोजक संस्थाका अध्यक्ष अमलेशकुमार कर्णले शारीरिक सुगठन प्रतियोगिता आयोजनासंगै युवायुवतीलाई लागुऔषधको कुलतबाट जोगाउन सचेतना कार्यक्रम समेत गर्न लागिएको बताए ।

आउदो असोज १९ गते गुद्री बजारको बी.प्लटमा लागुऔषध प्रयोगबिरुद्धको सचेतनामुलक कार्यक्रम गरिने छ । शारीरिक सुगठन प्रतियोगितामा बिजयी हुने पहिलोदेखि पाँचौसम्मलाई पुरस्कृत गरिने सो अवसरमा जनाइएको थियो । पहिलोदेखि पाँचौंसम्मलाई क्रमशः नगद ५१,३१,२१,१५ र १० हजारको पुरस्कार राशि प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि शुल्क नलाग्ने आयोजकले जानकारी दिएको छ ।