‘कर वृद्धिले मध्यमवर्गीय जनतालाई बढी असर गरेको छ’



शेखर गोल्छा
वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
अटोमोबाइल्सबाट समग्र अर्थतन्त्रको विकास हुन्छ भन्ने मान्यता अर्थविद्हरूको रहेको छ । केही वर्षयता भन्सारको दर बढेको छ । साथै बैंकको ब्याजदर पनि बढेसँगै अटोमोबाइल्सको व्यापार घटेको छ । जसले गर्दा अर्थतन्त्रमा ‘स्लो डाउन’ गराएको छ । यसले राष्ट्रको हित गर्दैन । राज्यले धेरैपटक अटोमोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्र भनेको छ ।

म नीति निर्मातालाई बिनम्रताका साथ भन्न चाहन्छु दिनभर काम गर्नको लागि अटोमोबाइल्सकै प्रयोग गरेर काम गरिरहेका हुन्छौं त्यही सवारी साधन प्रयोग गरी रोजगारीको काम हुन्छ । यसलाई कसरी अनुत्पादक हुन्छ ?
आर्थिक गतिविधिको परिसूचकको रूपमा रहेको क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण फरक हुनुप¥यो । अटोमोबाइल्स क्षेत्र राजस्व संकलन गर्ने र रोजगारी दिने सबैभन्दा ठूलो क्षेत्र रहेको छ ।

तथ्यांकलाई विश्लेषण गरेर हेर्ने हो भने केही वर्ष यता सवारी साधनको ‘ग्रोथ रेट’ कम भएको छ । नेपालमा प्रतिव्यक्ति आय एक हजार डलर रहेको अवस्थामा गाडी र मोटरसाइकल संसारकै महंँगो रहेको अवस्था छ । यसले गर्दा उपभोक्ताको ठँलो रकम यसमा खर्च भइरहेको छ ।

सरकारले साना सवारीमा सहुलियत दिनुपर्ने थियो किनकि हाम्रो देशमा ठूलो खालका मास सवारी साधन छैनन् । चार पांग्रेमा भन्दा दुई पांग्रे सवारी साधन प्रयोगकर्ताको बाहुल्यता छ । साधारण मोटरसाइकलको मँल्य ३ लाख रुपियाँको हाराहारीमा पुगिसकेको छ । जुन साधन भारतमा एक लाख रुपियाँभन्दा कम मँल्य पाइन्छ ।

नेपालजस्तो मध्यम वर्गीय जनसंख्याको बाहुल्यता भएको देशमा सबैको पहँच ४ पांग्रे सवारीमा हँुदैन त्यसैले मोटरसाइलनै सबैको पहुँचको सवारी हो । तर, यो पनि सरकारले विभिन्न कर लगाएर मोटरसाइकलको मँल्य उच्च भएको छ ।

८० प्रतिशतभन्दा बढी भन्सार बिन्दँ कर, सडक कर, प्रदँषण कर सबै मिलाएर महंँगो भएको छ । अटोमोबाइल्स अहिले ‘सोलो डाउन’ भएको छ, सरकारले खुला अर्थतन्त्रको कुरा गर्छ ।

तर, अटोमोबाइल्स क्षेत्रलाई संकुचित बनाइएको छ । अटोमोबाइल्स जसले पनि वृद्धि गर्न चाहन्छ, आजसय सीसी क्षमताको चलाउनेले भोलि १ सय ५० सीसी इन्जिन क्षमताको हुँदै अझ बढाउदै लैजान चाहान्छ । उपभोक्ताको मनोबल बढाउँदै जानु पर्नेमा निरुत्साहित गर्ने काम भएको छ । सरकारले नयाँ नीतिमा मोटरसाइकलतर्फ १५० सीसी र चार पांग्रेमा हजार सीसी क्षमताको इन्जिन भएको सवारीलाई बन्दजस्तै गर्न खोजिएको छ ।

नेपालको भौगोलिक विकटताका कारण यहाँ ठँलो सीसीको सवारी आवश्यक छन् । १५० सीसीभन्दा बढीको सवारी साधनमा लगाइएको अत्याधिक करका कारण पहाडी क्षेत्रमा चल्ने ठँला सीसीका सवारी चल्न पाएका छैनन् । जसले गर्दा ग्रामीण क्षेत्रका जनताको जीवनशैली कष्टकर भएको छ ।

ठँला सवारी साधनबाट पहाडी क्षेत्रमा जीवन संघर्ष गर्ने उपभोक्ता मारमा परेका छन् । मध्यमवर्ग नागरिकले आफ्नो पेशा, रोजगारी मोटरसाइकलबाटै धान्दै आएको स्थिति छ । सरकारको नीतिका कारणका कारण सबैभन्दा बढी असर मध्यम वर्गका जनतालाई परेको छ । नेपालको सन्दर्भमा मध्यम वर्गको संख्या धेरै छ ।

प्रतिक्रिया दिनुहोस्